arrow

सलमानलाई प्रश्न सोधेकामा बुबा सलीम मुरमुरीए, गुमनामीको झटारो

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
salmeen.jpg.jpeg
एजेन्सी । सलमान खानलाई ब्राजीलमा हुने रियो ओलम्पिक २०१६ को गुडविल एम्बेसडर बाएपछि सृजना भएको बिवादलाई लिएर सलमानका बुबा सलीम खानले कडा प्रतिक्रिया दिएका छन् । सलीम खानले ट्वीट गर्दै मिल्खा सिंहलाई प्रतिक्रिया दिएका हुन् ।
 
सलीमले भने,  'सलमानले कुनै खेल प्रतियोगितामा भाग लिएको छैन । तर पनि सलमान  एउटा राम्रो पौडी, साइकलिस्ट र वेट लिफ्टर हो।' उनले यस बाहेक मिल्खा सिंहलाई अर्को उतर पनि दिए । उनले भने,'ओलपिकको ब्राण्ड एम्बेसडर बलिउडबाट नभएर कुनै खेलाडीनै हुनु पर्थ्यो ।'
 
सलीमले ट्वीटरमा लेखेका छन्,-'मिल्खा जी यो बलिउड होइन, तर भारतीय फिल्म इन्डस्ट्री हो, जो विश्वको सबैभन्दा ठुलो इन्डस्ट्री हो र यो त्यही  इन्डस्ट्री हो जसले तपाईलाई गुमनामीको अध्यारोबाट बाहिर ल्याएको थियो ।'
 
सलमानलाई ओलम्पिकको ब्राण्ड एम्बेसडर बनाएपछि सबै भन्दा पहिले पहलवान योगेश्वर दत्तले प्रश्न उठाएका थिए । त्यसपछि सलमानलाई मिल्खा सिहले पनि प्रश्न सोधि हाले  । तर बक्सर विजेन्दरले सलमानलाई ओलम्पिकको ब्राण्ड एम्बेसडर बनाएकोमा  समर्थन जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ