arrow

यार्सागुम्बा टिप्ने होडमा गाउँ खाली

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
yarsa--tipdai-1.jpg.jpeg
बझाङ। बझाङका अधिकाशं गाँउका स्थानिय बासी यार्सागुम्वा संकलन गर्न सैपाल हिमाल तिर  लागे पछि गाँउ नै सुनसान भएका छन्। जिल्लाको उत्तरी क्षेत्रका गाबिसका गाँउ गाँउ बाट स्थानिय बासिन्दाहरु यार्सा संकलन गर्न गए पछि गाँउहरु सुनसान भएका हुन्।
 
छोटो समयमा लाखौको आम्दानी हुने भएपछि  दुध चुसाउने बाल बालिका सहित लिएर केटा केटी यूवा बृद्घ सहित यार्सा टिप्न लेक तिर गएका छन्। दौतिचौरका गोरख बोहराले गाँउका सबै यार्सा गुम्बा टिप्न लेक तिर हिडेपछि गाँउमा असक्त बृद्घहरु मात्र गाँउमा रहेको बताए।उनलेले मोबाईलको नेटवर्क नलाग्ने हिमाल तिर  गाँउमा केही ठूलो घटनाहरु घटेपनि स्थानिय एफएम बाट खबर गरि बोलाउनु पर्ने अबस्था आएको समेत बताउनु भयो।
 
जिल्लाको उत्तरी क्षेत्रका काडा, सुर्मा, दौलिचौर, दहबगर, मेलबिसौना, धमेना, रिलु, दातोला लगाएतका एक दर्जन भन्दा बढी गाबिसका बासिन्दाहरु यार्सा संकलन गर्न हिमालतिर जाने गर्दछन्। वच्चा देखी ६० वर्ष नाघेका मानिसहरु पनि छोटो समयमा धेरै कमाई हुने आशा गर्दै यार्सागुम्वा खोज्न गएको सुर्मा गाबिसका स्थानिय बासी पुस्कल बोहराले बताए। बैसाख देखि साउन सम्म यार्स संकलन गर्ने उपयुक्त समय भएकाले यो सिजनमा खानेकुरा बस्नका लागी पाल लिएर हजारौको सख्यामा यार्सा संकलनका लागी लेक तिर गएको बताए। 
 
ग्रामिण भेगमा घर को सुरक्षाका साथै वस्तुभाउ पाल्नका लागी वसेका प्रति परिबार १ जना मानिस वाहेका अरु गाउमा नहुने गरेको स्थानियबासी वहाले बताए। बोहराले गत बर्ष यार्साको दर ओरालो लागे पछि स्थानिय स्तरमा निरास छाएको भए पनि यस बर्ष भने यार्साको दर बढन सक्ने र मलग्य आम्दानी हुने आसामा गाँउ रित्तिएको छ। 
 
यस जिल्ला बाट यार्सा टिप्नका लागी प्राय मानिस हरु काडा गाबिसको राईढुङ्गे,सुर्मा सरोबर क्षेत्र, उरै क्षेत्र, रक्षा हिमाल, गोल्डेन हिमाल र सैपाल हिमाल र सुर्मा गाबिसको कुण्ड, धनसेरी, पार्छि  र सरोबर क्षेत्रमा तिर जाने गर्दछन्। हिमाल तिर जानका लागी बाटो घाटो राम्रो नहुदा बर्षेनी दुई चार जनाले ज्यान गुमाउने गरेका छन्। हिमाल तिर लुटपाट चारी डकैती र चोरी सिकारका घटनाहरु बढदै गए पछि प्रहरीको सुरक्षा सहित यस बर्ष पनि दहबगर गाबिस र काडा गाबिसका प्रहरीको दुई वटा टोली खटाईने तयारी भई रहेको प्रहरी नायब उपरिक्षक लक्ष्मी राज अधिकारीले बताए। वहाले यसका लागी आबस्यक तयारी भई रहेको समेत जानकारी दिए। बिगत बर्षमा प्रति केजी १८ लाख पर्ने यार्साको गत बर्ष ८ लाखमा झरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ