arrow

शहरबजारमा इन्टरनेट र टेलिभिजन टाईमपासको अस्त्र, गाँउघरमा डोको बुन्न मस्त

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ चैत २३ आइतबार
doko_bunai.jpg

स्याङ्जा । अहिले नेपालीहरु आ—आफ्नो घरमा बसेर कोरोना भाइरस विरुद्ध लडिरहेका छन् । विश्लाई आतकिंत पार्ने गरि फैलिएको कोरोना भाइरस सगँ बच्ने एउटा मात्र उपाय बनेको छ लकडाउन । लकडाउन भएपछि घरबाट बाहिर हिडडुल गर्न पाईदैन । घरबाट बाहिर हिडडुल गर्न नपाएपछि अहिले नेपालीहरु टाइमपास कसरी गर्ने भन्नेमै आकुल व्याकुल भएको देखिन्छ । 

शहर बजार तिर इन्टरनेट र टेलिभिजन नै टाईमपासको अस्त्र बनेको छ भने ग्रामिण क्षेत्र तिर भने सीपको सदुपयोग गरेको देखिन्छ । यो समय चैते धान रोप्ने, मकै लगाउने र पाकेको हिउदे वाली भित्राउने समय पनि हो । सरकारले लगाएको लकडाउन पनि करिव करिव दुईसाता वित्दै छ । यो लकडाउनको सदुपयोग गरियो भन्दै स्याङ्जा चापकोटका प्रेम रेग्मीले डोको बुनेर बसेको फोटो सामाजिक संजालमा पोष्ट गरे । 

उनको यो फोटोले सीप भएका व्याक्तिलाई लकडाउनको बेला टाईमपास मात्रै होइन सीपको सदुपयोग गर्ने बेला हो भन्ने सन्देश पनि दिएको छ । पोखरा पृथ्बीनारायण क्याम्पसमा मेनेजमेन्टमा मास्टर पढ्दै गरेका रेग्मीले आफुसगँ भएको सीपको पुरा सदुपयोग गरेको बताए । उनले डोको बुनेको फोटो राख्दै फेसबुकमा लेखेछन्,“आउनुहोस फुर्सदको समयमा सीप सिकौ, मेरो सीप आजको उपलव्धी ।” उनले देखाएको यो जागरले सीप हुनेलाई लकडाउन अत्यन्तै उपयोगी हो भन्ने दर्शाएको छ । 

उनी डोको मात्रै बुनेर बस्ने योजनामा छैनन् । म यो लकडाउनको समयलाई यसरी सदुपयोग गर्दै छु रेग्मीले टेलिफोनमा कुराकानी गर्दै भने,“बाजो रहेको जमिनमा कागती लगाउने योजनामा छु ।” १ सय कागती लगाउने योजना हो तर विरुवा धेरै नपाएकाले ५० ओटा जति विरुवा लगाउने मनसायमा पुगे उनले भने । कागतीका लागि उनले अहिले सम्म ३४ ओटा खाल्डा पनि खनिसकेको सुनाए । 

सरकारले गरेको लकडाउनको उल्लघन पनि नहुने घरको काम पनि हुने रेग्मीले भने । उनी मात्रै नभएर गल्याङका अर्का युवा कृष्ण बस्याल पनि यो समयमा सीपकै सदुपयोगमा जुटेका छन् । उनले पनि डोको बुनेको फोटो फेसबुमा राखेर लकडाउनको सदुपयोग भन्दै लेखेका छन् । उनले यो अवधीमा दुई ओटा डोका बनिसकेको बताए । बस्यालले गल्याङ बजारमा कम्प्युटर पसल चलाउदै आएका छन् । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि उनको पसल अहिले बन्द छ । यो समयलाई उनले पनि सीपको सदुपयोग गरेको बताएका छन् ।

सामाजिक संजालमा अहिले धेरै समयको सदुपयोग गरेको विषय उठान गरेको देख्न पाईन्छ भने केही व्याक्तिहरुले भने देश विदेशलाई घरमै बसेर नियाली रहेको बताउदै आएका छन् । लकडाउनका कारण स्याङ्जा सुनसान छ । यो बेलामा सबैले सीपको सदुपयोग र उत्पादनमा जोड दिन सकियो भने सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले सार्थकता पाउने देखिन्छ । ११ पालिका रहेको जिल्ला अहिले कोरोना भाईरस नफैलियोस र यसबाट बच्नका लागि विभिन्न सचेतना समेत चलाउदै आएका छन् । 

अत्यआवश्यक बाहेकका सवारी साधनहरु पुर्णरुपले बन्द छन् । सबै भन्दा बढी जोखिम विदेशबाट आएका युवायुवती देखिन थालेपछि सबै पालिकाले बाहिरबाट आएका युवायुवतीलाई होम क्वारेन्टाईनमै बस्ने व्यवस्था मिलाएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । अहिले सम्म स्याङ्जाबाट शंका लागेका ७ जनाको स्वाब परिक्षण गरिएकोमा सबै रिर्पोट नेगेटिभ भएको कुरुम्बाङ्ले बताए । अब विदेशबाट आउने सबैको स्वाब परिक्षण गर्ने तयारीमा लागेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ