arrow

पत्रकार सुचनाका संवाहक

पत्रकार महासंघ स्याङ्जा शाखाको साधारण सभा सम्पन्न

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
IMG_0416.JPG.jpeg
स्याङ्जा ।  नेपाली पत्रकारहरु सुचनाका संवाहक भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पत्रकारीताले मुलुकको आमुल परिवर्तन सगै स्थानीय समाजको समेत परिवर्तनमा ठुलो टेवा पुग्ने हुनाले पत्रकारहरु सुचनाका संवाहक भएको बिषयमा जोड दिएका हुन् । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको छैटौं वार्षिक साधारण सभामा वोल्ने बक्ताहरुले सो विषयमा जोड दिएका हुन् ।
 
 सरकारले अहिले पनि पत्रकारीता देशको चौथो अंगका रुपमा प्रयोग मात्रै गरेको भन्दै बक्ताहरुले पत्रकारहरुलाई सरकारले हेर्ने दृष्ट्रिकोण भने फरक रहेको बताएका थिए । मुलुकको आमुल परिर्वतमा नेपाली पत्रकारहरुले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै बोल्ने बक्ताहरुले नेपालमा जारी भएको संविधानले नेपाली पत्रकारीताको लागि सुरक्षित वातावरण संविधानमा उल्लेख नगरिएकोमा दुःख व्यक्त गरेका थिए । 
 
साधारण सभाको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टले उदघाटन गर्दै राजनीति गर्नेहरुले पत्रकारलाई उपयोग गर्ने गरेकाले पत्रकारहरु जिम्मेवार बन्नुपर्ने बताए । उनले पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउने दायित्व पत्रकारको नै भएकामा जोड दिए । “पत्रकारहरुका बीचमा मतभेद भए छलफल गरेर मित्रबत हुनु आजको आवश्यकता हो ।” उनले भने, “सबै समस्याको समाधान मिलेर खोज्न सके पत्रकारिता पेशाले अपेक्षा गरेका उपलब्धी हात लाग्छन् ।” पत्रकारीता पेशा निकै कठिन भएपनि रमाइलो पनि रहेको उल्लखे गर्दै केन्द्रीय सदस्य भट्टले व्यवसायीक पत्रकारीताका लागि स्वतन्त्रताको खाँचो रहेको औल्याए । 
 
साधारण सभामा महासंघका स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, बाल मैत्री समाज पोखराका अध्यक्ष तथा पत्रकार रविराज बस्यौलाले पत्रकारहरुको एकताले समाज परिवर्तन गर्न सकिने बताए । महासंघका केन्द्रिय पार्षद ईन्द्रबहादुर गोदार, नेपाल प्रेस यूनियनका स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस चौतारीका पूर्व अध्यक्ष हिमलाल पराजुली, क्रान्तिकारी पत्रकार संघका प्रतिक्षा काफ्लेले लगायतका बक्ताहरुले नेपाली पत्रकारीता जगतलाई राज्यलेनै संरक्षण नगरेमा सुचनाको पहुँचबाट नेपाली जनता बन्चित हुनुपर्ने अवस्था आउन लागेको प्रति संकेत गरेका थिए ।
 
 स्याङ्जा शाखाको भावि राणनीति अध्यक्ष प्रकाश डोटेलले, आर्थिक प्रगति कोषाध्यक्ष अर्जुन काफ्लले र महासंघको प्रगति प्रतिवेदन सचिव भवानी अधिकारीले पेश गरेका थिए । पत्रकार महासंघ स्याङ्जा शाखाका अध्यक्ष प्रकाश डोटेलको अध्यक्षतामा भएको साधारण सभाको संचालन सचिव भवानी अधिकारीले तथा स्वागत र धन्यवाद कोषाध्यक्ष अर्जुन काफ्ले र सदस्य गोपाल जि.टी.ले गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ