आइसोलेशनमा राखिएका पाँचथरका ६ जनाको रिपोर्ट नेगेटिभ
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत २४ सोमबार
568
Shares
पाँचथर । वैदेशिक रोजगारीबाट फर्किएका जिल्ला अस्पताल पाँचथरको आइसोलेशनमा राखेर उपचार गरिएका ६ जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।
कोरोना जस्तै लक्षण देखिएपछि उनीहरुको रगतको नमुना परीक्षणको लागि धरान स्थित वीपी मेमोरीयल अस्पतालको प्रयोगशाल पठाइएको थियो ।
परीक्षणबाट उनीहरूमा कोरोना भाइरस नभएको पुष्टी भएको हो। रुघाखोकी तथा ज्वरो देखिएपछि उनीहरु अस्प्तालम भर्ना भएका थिए । ६ जनाको रिर्पाट नेगेटिभ आएपछि होम क्वारेन्टाईनमा बस्ने गरि डिस्चार्ज गरिएको पाँचथर अस्पतालका डा. विशाल नेपालीले जानकारी दिए ।
उनीहरुको स्वास्थ्यमा सुधार देखिएकाले घर पठाइएको नेपालीको भनाई छ । शुक्रबारको परीक्षणका लागि नमुना पठाइएको थियो । यस अघि जिल्लाबाट नमुना पठाइएका तीनजनाको रिर्पोट नेगेटिभ आएको थियो ।