arrow

तेस्रो चरणको ‘लकडाउन’ थप कडाइ

logo
निरंजन कुमार साह,  
प्रकाशित २०७६ चैत २५ मंगलबार
lockdown-ktm.jpg

धनुषा । कोरोना भाइरस (कोभिड १९) को  तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन धनुषामा सुरक्षाकर्मीले थप कडाइ गरेको छ ।  दोस्रो चरणको ‘लकडाउन’ केही खुकलो देखिएपछि स्थाय प्रशासनले तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन कडाइ गरेका छन ।

मंगलबार धनुषा प्रहरीले जिल्ला को विभिन्न ठाउबाट ‘लकडाउन’अवज्ञा गरेर चलाइएका  ६९  वटा मोटरसाइकल   नियन्त्रणमा लिएका धनुषा प्रहरी जानकारी दिए।

‘लकडाउन’को अवधिमा बिनाकारण सञ्चालन गरेका पाइएपछि जिल्लाको विभिन्न स्थानबाट यति संख्यामा सवारी साधनहरु नियन्त्रणमा लिइएका छन् ।

त्यस्तै ‘लकडाउन’अवज्ञा गरेको भन्दै धनुषा  प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाबाट एकजनालाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

‘लकडाउन’को अवधिमा  धनुषाको विभिन्न  ठाउमा फाट फुट सञ्चालन भइरहेको तरकारी बजार बन्द गरिएको छ । भीडभाड बढेपछि व्यापकआलोचना हुँदा स्थानीय प्रशासनले मंगलबारदेखि तरकारी बजार बन्द गराएको छ।

सामाजिक दूरीको ख्यालै नगरी तरकारी बजार सञ्चालन भएपछि कोरोना संक्रमणको जोखिम रहेको भन्दै स्थानीय प्रशासनको चर्को आलोचना गरेका थिए ।

भीडभाड धेरै भएपछि  तरकारी बजार बन्द गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘आमनागरिकलाई सुविधा होस् भनेर तरकारी बजार सञ्चालन गर्न अनुमति दिएका थियौं, तर अव्यवस्थित भयो, भीडभाड बढेर सामाजिक दूरी पालना भएन, त्यसैले बन्द गर्न लगाएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ