arrow

कोरोनाको आशंका गरिएकी महिला अस्पतालबाट भागिन्, सपहीबाट पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत २५ मंगलबार
corona-isolation-ward.jpg

जनकपुरधाम । कोरोना उपचारका लागि भर्ना भएर प्रादेशिक अस्पताल जनकपुरबाट भागेकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट पक्राउ गरेको  छ ।

प्रादेशिक अस्पताल  जनकपुरधाममा गत दुई दिनअघि भर्ना गरेर उपचार हुदै थियो ।  भारत बिहारको झंझारबाट आएकी सिरहा जिल्ला  नरहा गाउँपालिका वडा नम्बर ३ निवासी ५५ वर्षिय महिलामा कोरोना भाइरसको आशंका गरिएको थियो  ।
 
आइसोलेशनमा उपचार राखि उपचार भइरहेको ती महिला मंगलवार बिहान अस्पतालबाट फरार भएकी थिइन , कोरोना शंकास्पद बिरामी अस्पतालबाट फरार भएको खबर बाहिरिए लगतै प्रहरीले ती महिलालाई धनुषाको सपहीबाट पक्राउ गरेका हुन् ।
 
भारत विहारको झँझारपुरबाट एक सातापूर्व आएकी खातुनलाई सर्दी, खाँसी र ज्वरो समस्या आएपछि उनको छोराले घरमा बस्न दिएनन् । त्यसपछि उनी छोरी कहाँ गइन, तर छोरीले पनि घरमा बस्न दिएनन् । त्यसपछि आफूलाई थाहा भएपछि गत दुई दिनअघि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको कुरा नरहा गाउपालिका वडा नम्बर  ३ का वडाध्यक्ष अन्सुल अन्सारीले जानकारी दिए ।

वडाध्यक्ष अन्सारीले शैला खातुन अस्पतालबाट बेलुका तर्फ भागेको कुरा थाहा पाएपछि हामी स्थानीयस्तरमा खोजतलासमा जुटेका जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ