arrow

गण्डकीमा कोरोनाः १२४ को नमूना संकलन, ७२ वटाको रिपोर्ट नेगेटिभ

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
corona-test-kit.jpg

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएकामध्ये ७२ वटा नेगेटिभ देखिएको छ ।

 हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । 

उनले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पुर्याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको बताए । हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ