arrow

देउवाले आरजुलाई किन दिल्लीमै छोडेर आउने भए ?

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
sher_arzoo_deuba.jpg.jpeg
काठमाडौं । केही दिन देखि छिमेकी मुलुक भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज एक्लै स्वदेश फर्किदैछन् । पत्नी आरजु राणा देउवा सहित भारत गएका देउवाले आरजुलाई दिल्लीमै छाडेर स्वदेश फर्किन लागेका हुन् । 
 
देउवा पत्नी आरजुको भारतको हरियाणास्थित फोट्जि अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरिएको छ । उनको उपचार अझै नसकिएकाले उनी अझै तीनसाता दिल्लीमै रहने भएकी छिन् । 
 
उपचारको वाहनामा राजनितिक भेटघाटका लागि भारत गएको भन्दै देउवा दम्पत्तिको आलोचना भएपनि उनीहरुले उल्लेख्य राजनितिक भेटवार्ता भने गरेनन् । भारतमा रहँदा सभापति देउवाले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसंग मात्रै भेटवार्ता गरेका थिए । उनको त्यो भेटवार्ता पनि पुरानो मित्रको हैसियतमा व्यक्तिगत र पारिबारिक मात्रै भएको देउवासंगै रहनु भएका नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकरी दिए । 
 
देउवाले पत्नी आरजुलाई तिन हप्ताका लागि दिल्लीमै छाडेर आउन लाग्दा पनि अहिले राजनितिक चलखेलका लागि उनलाई दिल्लीमै छाडेर आउन लागेको भन्दै नेपालमा अनेक चर्चा हुन थालेको छ । 
 
काँग्रेसको सभापति र संसदीय दलको नेतामा देउवा निर्वाचित भएर प्रधानमन्त्रीको उम्मेदवार बन्न आवश्यक सवै शर्त पुरा भएपछि उनी भारत प्रस्थान गरेकाले अनेक अनुमान र आशंकाहरु व्यक्त भएका हुन् । 
 
देउवा पत्नी आरजुको उपचारका लागि भन्दै गत वैशाख ६ गते भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए । उनी अपरान्ह साढे तीन बजे जेट एयरलाइन्सको विमानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको देउवाका सहयोगीहरुले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ