arrow

कोरोनाको समय पाँच डाक्टर सेवाबाट हटाइए, पीपीई नभएर काममा नगएको स्पष्टोक्ती

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २६ बुधबार
lumbini-hospital.jpg

रुपन्देही । बुटवलमा रहेको लुम्विनी प्रादेशिक अस्पतालले कोरोना भाइरसको विषम परिस्थितीमा पनि अस्पतालमा दैनिक हाजिरी नभएको भन्दै बुधवार (आज) पाँच जना डाक्टरहरुलाई निष्काशन गरेको लुम्विनी प्रादेशिक अस्पतालका सुपरिटेन्डन्ट डा.राजेन्द्र खनाले बताएका छन् ।

सुपरिटेन्डन्ट डा.खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत अस्थायी ५ जना चिकित्सकहरुलाई अस्पतालमा दैनिक कामकाजमा नआएको भन्दै अस्पतालले उनीहरुलाई कारवाही स्वरुप सेवाबाट हटाएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ ।

यस्तै लुम्विनी प्रादेशिक अस्पतालमा रेडियोलोजीष्ट विभागमा कार्यरत डा.बरदान वली, डा. तारा प्रसाद शर्मा, डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने र आकस्मिक विभागमा कार्यरत डा.प्रकृती कार्कीलाई सेवाबाट हटाइएको लुम्विनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य वहादुर भट्टराईले जानकारी दिएका छन्। 

यसो भन्छन् सेवाबाट हटाइएका डाक्टरहरु–
यस्तै यता लुम्विनी प्रादेशिक अस्पतालवाट दैनिक कार्यमा नआएको भन्दै सेवाबाट हटाइएका डा. वरदान वली कारोना भाइरस (कोभिड–१९) को यस्तो महामारीमा स्वास्थ्यकर्मीहरुका लागि कुनै सावधानी नअपनाईएको र डाक्टरहरुले लगाउने (पीपीई) जस्ता सामाग्री नभएका कारण आफुहरु काममा नगएको बताएका छन् ।

साथै डा. वलीले आफुहरुको मनसाय स्वास्थ्य उपचारमा नजाने र नगर्ने नभई लुम्विनी प्रादेशिक अस्पतालमा डाक्टरहरुका लागि लगाउने (पीपीई) जस्ता सामाग्री नभएको भन्दै ज्यानलाई जोखिममा राखेर दैनिक स्वास्थ्य उपचार कार्यमा नगएको प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ