arrow

उपभोक्ताले माया मारे वाणिज्य विभागलाई

निरीक्षण गर्नेहरु नै कालोबजारीका मतियार

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
sambhu-koirala-commercial-dept.jpg.jpeg
काठमाडौ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट वाणिज्य विभाग छुट्टिएपछि आफ्नै रोजाईमा वाणिज्य विभागको महानिर्देशक बनेर बसेका शम्भु कोइराला लामो समयसम्म उपत्यका बाहिरका कतिपय जिल्लामा प्रमुखजिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। पहिले सधैंभरी व्यस्त मात्रै रहिरहने उनी २०७२ साल पौष २९ गतेको नेपाल सरकारको निर्णय भएर वाणिज्य विभागको बागडोर मात्रै सम्हाल्न थालेपछि भने एकाएक फुर्सदिला भएका छन्।
 
थोरै जिम्मेवारी रहेको विभागका महानिर्देशक बनेपछि मान्छेहरू भेटघाट गर्नपनि पहिलेजस्तो आउन छाडेको अनुभव उनको छ। अभावको समयमा बजार अनुगमन गर्दै कालोबजारीयाको नियन्त्रण गर्ने जिम्मेवारी सम्हालेका महानिर्देशक कोइराला केहीसमय थोरै जिम्मेवारी सहितको काम गर्न चाहेकोले नै आफूले वाणिज्य विभाग रोजेको बताउँछन्। उनी भन्छन् ‘भूकम्प र नाकाबन्दीको समयमा कठिन परीक्षाको सामना पनि गरियो। अब केही समय थोरै जिम्मेवारी सम्हालेर बस्नकै लागि आफैंले रोजेर यो विभागमा बसेको हुँ।’ वाणिज्य विभागले अहिले व्यवसायिक फर्महरू दर्ता गर्नेदेखि मुलुक बाहिरको व्यापारको लागि सहजता सिर्जना गर्ने काम मात्रै सम्पादन गर्दछ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संरचना भंग नहुँदासम्म सधैंभरी मान्छेहरूको भीड हुने विभागमा अहिले आगन्तुकहरूको संख्या ज्यादै न्यून हुन थालेपछि विभागका महानिर्देशक कोइरालाले यसरी सुनाए आफ्नो अनुभवः
 
आपूर्ति छुट्टिएपछि सुनसान भयो कार्यालय
वाणिज्यबाट आपूर्ति विभाग छुट्टिएपछि वाणिज्य विभाग अहिले सुनसान बन्न थालेको छ। अहिले बजार अनुगमनको काम पनि आपूर्ति विभागले नै हेर्ने भएपछि हाम्रो विभागमा त आगन्तुकहरूको चहलपहल नै ज्यादै न्यून रहेको छ। अहिले त विभागमा बस्दा पनि सुनसान लाग्न थालेको छ। मान्छेहरू भेटघाट गर्न पनि कम मात्रै आउने गरेका छन्। पहिले त एकै क्षण पनि फुर्सद हुने थिएन, विभिन्न किसिमका मान्छे आउँथेँ, यो गरिदिनुपर्‍यो, यहाँ यस्तो भयो, उस्तो भयो भन्दै। तर, अहिले त हेर्नुस कार्यालय सुनसान छ। म त यस भन्दा अगाडि पनि प्रमुख जिल्ला अधिकारी बनेर धेरै समय काम गरेको भएर होला। मान्छेहरूको चहलपहल कम भएपछि त एकदमै सुनसान महसुश भईरहेको छ। तर, मैले आफैंले यस्तो रोजेको हो। सधैं धेरै जिम्मेवारी रहेको काम गर्दागर्दै धेरै थाकियो। त्यसैले केही समय थोरै जिम्मेवारी खोजेर मैले यो कार्यालय रोजेको हुँ। 
 
आपूर्ति क्षेत्रको व्यवस्थापनमा कामै भएन
मैले आपूर्तिको जिम्मेवारी लिँदाको बखत देखेको अनुभवले आपूर्ति क्षेत्रमा सरकारकै कारणले कालोबजारी भईरहेको देखाएको छ। आपूर्ति क्षेत्रमा हामीले अहिले त्यस्तो उल्लेख्य काम गर्न सकेका छैनौं, जसको कारणले पनि कालोबजारीयाहरू यसको मौकाको फाइदा उठाईरहेका छन्। कालोबजारी रोक्नको लागि सबैभन्दा पहिले हामीले धाकधम्की होईन आफ्नै व्यवस्थापन प्रणालीलाई सुधार गरेर अघि बढ्नुपर्छ। तर, हामी अरूलाई कारबाहीको त्रास देखाउने तर आफू भने केही पनि काम नगर्ने परिपाटीबाट हुर्किएका छौं। हामीले कारबाही गर्ने भनेको ‘छोरी कुटेर बुहारी तर्साउने’ हो। यसो गर्दा पनि व्यवसायीहरू आत्तिन छाडिसकेको अवस्थामा आपूर्ति व्यवस्थालाई सहज नबनाएसम्म हामीले कालोबजारी रोक्न सक्छौं भन्ने मलाई लाग्दैन।
 
अहिलेसम्म हाम्रो आपूर्ति व्यवस्थापनको क्षेत्रमा खासै काम भएको देखिँदैन। हामीसँग भण्डारणको क्षमता पर्याप्त छैन। हामीले चीनबाट इन्धन ल्याउने भनिएपनि यो तत्कालको लागि सम्भव छैन। त्यसैले हामीले कम्तिमा पनि एक डेढ वर्षसम्मको लागि पुग्ने इन्धन भण्डारण गर्ने क्षमता राख्नुपर्छ। त्यसो हुने हो भने सामानको अभाव हुन्छ भनेर भन्ने वित्तिकै अभाव सुरू हुने प्रवृत्ति रोकिन्छ। त्यसैले हामीले अहिलेसम्म गरेको कामले आपूर्ति क्षेत्रमा खासै उल्लेख्य उपलब्धी भएको म भने देख्दिन। मैले देखेको अनुभव अनुसार त अभावको बेलामा त कतिपय सरकारी काम गर्ने कर्मचारी तथा सोच्दै नसोचेको क्षेत्रको मान्छे पनि कालो बजारीमा संलग्न हुने गर्दा रहेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ