arrow

दीक्षितको अवस्था खतरा मुक्त

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
Kanak-Mani.jpg.jpeg
काठमाडौँ  । सञ्चार उद्यमी कनकमणि दीक्षितको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 
 
अकुत सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार नियन्त्रणमा लिएसँगै उच्च रक्तचापको सामान्य उपचारका लागि भनी अस्पताल लगिएका दीक्षितको शनिबार बिहान एक्कासि रक्तचाप अनियन्त्रित भएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो । 
 
उहाँको उपचारमा संलग्न चिकित्सक मनेन गोर्खालीले रक्तचाप नियन्त्रित भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो—‘‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ । रक्तचापका कारण मिर्गौलामा केही असर देखिए पनि आज आएको ‘रिपोट’ सामान्य देखिएको छ ।’’ उहाँलाई हिँड्दा छाती भारी हुने समस्या देखिएकाले उहाँको मुटुको इसिजी तथा रगतको पनि परीक्षण गर्ने तयारी गरेको डा गोर्खालीले बताउनुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ