arrow

यस्तो हुँदो रहेछ अमेरिकामा तालिम लिनेलाई सम्मान

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
rajendra-ksha.jpg.jpeg
काठमाडौं । मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाकोे औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्री सम्मानित भएका छन् । मंगलबार फेम अन्तर्राष्ट्रिय हलको प्रेरणा समारोहमा सहभागि सेनापति क्षेत्री सम्मानित भएका हुन् । 
 
अमेरिकाको युएस आर्मी कमान्ड एवं जनरल स्टाफ कलेजमा तालिम गरेका प्रधान सेनापति क्षत्रीको सम्मानमा लेविस एण्ड क्लार्क सेन्टरको आइजनहावर सभाघरमा आयोजित समारोहमा क्षत्रीको  तस्वीर राखी सम्मान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सम्मान कार्यक्रममा ९२ राष्ट्रका १३ सय सैनिक अधिकृत उपस्थित थिए । 
 
अमेरिकी सेनाको उक्त शिक्षण संस्थाले त्यहांबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल  भएका प्रशिक्षार्थीहरुलाई यस्तो सम्मान दिने प्रावधान छ । सो अनुरुप प्रधान सेनापति एवं महारथी क्षत्रीलाई सो सम्मान दिइएको हो । हालसम्म उक्त अन्तर्राष्टिय फेम हलमा विभिन्न राष्ट्रका गरी २ सय ६२ जना सम्मानित भइसकेका र सो मध्ये प्रधान सेनापति एवं महारथी क्षत्री २ सय ६१औं सदस्य रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ