arrow

२० गतेदेखि प्राधिकरणले भूकम्पपीडितलाई भटाभट् पैँसा बाँड्ने

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
Bhukampa-punarnirman.jpg.jpeg
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणको लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी वैशाख २० गतेदेखि भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरण गर्ने तयारी गरेको छ । प्राधिकरण स्थापना भएको ४ महिना वितिसक्दा पनि प्राधिकरणले कुनै ठोस काम गर्न नसकेको आरोप खेप्दै आएको प्राधिकरणले तथ्याङ्क संकलन गरिएका भूकम्प पीडित जिल्लाको गाउँ तथा नगरबाट पैसा बाँड्न लागेको हो ।
 
सो विषयमा बैंकलाई कति सेवा तथा सुविधा दिएर सम्बन्धित क्षेत्रमा पठाउने भन्ने विषयमा वुुधबार अर्थमन्त्रालयमा छलफल जारी रहेकाले सो छलफलबाट निर्णय भएपछि कुन बैंकमा खाता खोल्न पर्ने हो भन्ने जानकारी नागरिकलाई दिने तयारी रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जनाकारी दिए । 
 
‘हामीले २० गतेदेखि गाउँ तथा नगरमा पहिलो किस्ताको पैसा वितरण गर्ने तयारी गरेका छौं, प्रवक्ता थपलियाले भने, ‘यसको लागि कुन बैंकलाई कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ