arrow

पर्साका जालिम मुखियालाई भारतमा कोरोना फैलाउन षडयन्त्र गरेको आरोप, भारतीय सीमामा थपियो सुरक्षाकर्मी

को हुन जालिम मुखिया?

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
corona-jalim-mukhiya.jpg

बिरगञ्ज। पर्साको जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया कोरोना संक्रमण फैलाउने संदिग्ध गतिविधीमा संलग्न रहेको भन्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेपछि सीमाको जिल्ला पर्सामा सुरक्षा सतर्कता व्यापक बढाइएको छ। 

भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ सो बिषयमा समाचार प्रसारण गरेपछि भारत र नेपालमा यसले हलचल नै ल्याएको छ। 

मुखियालाई कोरोनाले ग्रसित व्यक्तिहलाई भारत पठाउन तयारी गरेको आरोप लागेको छ। सीमा सुक्षा बल एसएसबीको सैंतालिसौ बटालियनका कमाण्डेण्ट प्रियवर शर्माले चैत्र २१ गते वेतीयाका डिस्ट्रीक मेजिष्ट्रेट र एसपीलाई एक पत्र लेखी हातहतियार र जाली नोटको कारोवारमा समेत संलग्न रहेका मुखियाले कोरोना संक्रमितहरुलाई भारत प्रवेश गराउने तयारी गरेको उल्लेख गरेको संगिन आरोप सहित पत्र पठाएका थिए। 

शर्माले आफ्नो पत्रमा सीमामा उच्च सुरक्षा अपनाउन समेत आग्रह गरेका छन्। अहिले सोहि पत्रको आधारमा भारतीय सरकारले रक्सौलसँग जोडिएको नाकामा थप सुरक्षाकर्मी परिचालन गरेको छ। नाकाको नेपालतर्फ रहेका केहि नेपालीले मिडियामा समाचार सार्वजनिक भएपछि सीमामा थप कडाई गरेको बताए।

विदेशबाट आएका करिव २ सय मुसलमानहरुलाई मस्जिदमा संरक्षण दिएको र त्यसमध्ये कोरोना संक्रमित ५० जनालाई भारत पठाउन मुखियाले योजना बनाइरहेको शर्माले पठाएको पत्रमा जनाइएको छ। 

बारा र पर्साका विभिन्न मस्जिदमा बसिरहेका कोरोना संक्रमित केहि  मुसलमानहरु सिटामोल खाएर तापमान नियन्त्रण गर्दै बसेको खुफिया जानकारी समेत उनको पत्रमा रहेको भारतीय मिडियाले पत्रमा जनाएका छन्।

मुखियाले त्यस्ता संदिग्ध व्यक्तिहरुलाई भारत प्रवेश गराउन मौका कुरेर बसेको भन्दै सीमा सुरक्षा बढाउन माग समेत गरेको एसएसबीको पत्रमा छ। यो बिषय भारतीय मिडियामा आए लगत्तै रक्सौल सीमामा १५ देखि २० ट्रक एसएसबीका जवान खटाइएको छ। 

को हुन मुखिया?
तत्कालिन माओवादीबाट टिकट लिई जगन्नाथपुर गाउँपालिकाका अध्यक्षमा निवाचित मुखिया संदिग्ध चरित्रका व्यक्ति भएको स्थानीयहरु बताउँछन्। जंगल फडानी गरि काठ तस्करीमा संलग्न रहेको आरोपमा समेत उनले जेल सँजाय काटिसकेका थिए।

राजविराजमा हालै सम्पन्न इस्तेमामा जमातीहरुलाई ल्याउन र लैजान उनको भूमिका थियो। पाकिस्तानबाट आएका जमातीहरुलाई घुमाउने काममा पनि उनी संलग्न रहेका थिए। तराईमा ठाउँठाउँमा मदरसा बनाउने काममा पनि उनको संलग्नता रहँदै आएको छ।

उनलाई नक्कली नोटको कारोबार र हातहतियारको कारोबारको समेत आरोप लाग्दै आएको छ।

मुखियामाथि लागेको आरोपका बारेमा उनलाई सम्पर्क गरि प्रतिक्रिया लिन खोज्दा उनको मोवाइल स्वीच अफ रहेको पाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ