arrow

प्रधानमन्त्रीले सहायकमन्त्री विष्टलाई पदबाट हटाए

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
singha_durbar.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पदबाट बर्खास्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि विष्ट पदमुक्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । 
 
राप्रपा नेपालले सांसद रेशम लामालाई उक्त पदमा सिफारिस गरिसकेको छ । उनलाई आजै साँझ प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ । पार्टीले यसअघि नै पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ