arrow

एकै घरका तीनसहित चारको हत्या

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
Salyan-hamrakura.jpg.jpeg
सल्यान । सल्यानमा एकै घरका तीन जनासहित चार जनाको हत्या भएको छ । गएराति छायाँ क्षेत्र गाविस–९ रानागाउँमा चार जनाको सामूहिक हत्या भएको हो ।
 
 
रानागाउँका रमेश खान ठकुरीकी–२३ वर्षीया श्रीमती सीताखान ठकुरी, तीन वर्षीया छोरी पवित्राखान ठकुरी, एक वर्षीया सविताखान ठकुरी र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख श्यामबहादुर क्षेत्रीले जानकारी दिए ।  
 
 
बिहानसम्म पनि घरमा कोही पनि बाहिर नदेखेर छिमेकी घर पुग्दा मृत्त अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख क्षेत्रीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ