arrow

अमेरीकाबाट दाङका बिपन्न पचास परिवारलाई खाद्यान्न सहयोग

logo
प्रकाशित २०७६ चैत २९ शनिबार
dang-cdo-corona-help.jpg

दाङ। लकडाउनका कारण भोकभोकै बस्न  बाध्य भयका अतिविपन्न परिवारलाई तुलसीपुर १६ लालपुरका रेग्मी परिवारले खाद्यान्न सहयोग गरेका छन ।

तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्न वितरणका लागि वनाएको फुड बैकमा हाल अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी, सन्तोष रेग्मी र अवनिश रेग्मी तथा हाल तुलसीपुर ५ नीवासी पत्रकार चेतन रेग्मीले आज सनीबार एक कार्यक्रमका बिच तुल्सीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेलाई खाद्यान्न समाग्री हस्तान्तरण गरीएको हो ।

रिपोर्टस कल्ब दाङको सहकार्यमा उपलब्ध खाद्यान्न सामाग्री कल्बका अध्यक्ष शरद रेग्मी र सहयोगी पत्रकार चेतन रेग्मीले संयूत्त रुपमा नगर प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका थिए । स्थानीय प्रशासनले एकद्दार प्रणालीबाट खाद्यान बितरण गर्ने योजाना अघी सारे सङ्गै नगरपालीका भीत्र रहेका अती बिपन्न पचास घर परीवारलाई बाह्र सय पचास कीलो चामल, एकसए किलो दाल र पचास किलो नुन सहयोग गरेको हो । “खाद्यान्न अभावमा कोही पनि भोकै वस्न नपरोस् भनेर हामी आफैले पैसा उठाएर सहयोग गरेका हौं” अमेरिकामा रहनुभयकी सहयोगी शर्मिला रेग्मीले भनिन् ।

यहाँ हामी पनि घरभित्रै बसिरहेका छौ । आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा धेरै खुसीलागेको छ । तपाइहरु पनी लक डाउनको पूर्ण पालनागरी संक्रमणबाट बच्नुहोला रेग्मीले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ