अमेरीकाबाट दाङका बिपन्न पचास परिवारलाई खाद्यान्न सहयोग
प्रकाशित २०७६ चैत २९ शनिबार
1.1k
Shares
दाङ। लकडाउनका कारण भोकभोकै बस्न बाध्य भयका अतिविपन्न परिवारलाई तुलसीपुर १६ लालपुरका रेग्मी परिवारले खाद्यान्न सहयोग गरेका छन ।
तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्न वितरणका लागि वनाएको फुड बैकमा हाल अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी, सन्तोष रेग्मी र अवनिश रेग्मी तथा हाल तुलसीपुर ५ नीवासी पत्रकार चेतन रेग्मीले आज सनीबार एक कार्यक्रमका बिच तुल्सीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेलाई खाद्यान्न समाग्री हस्तान्तरण गरीएको हो ।
रिपोर्टस कल्ब दाङको सहकार्यमा उपलब्ध खाद्यान्न सामाग्री कल्बका अध्यक्ष शरद रेग्मी र सहयोगी पत्रकार चेतन रेग्मीले संयूत्त रुपमा नगर प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका थिए । स्थानीय प्रशासनले एकद्दार प्रणालीबाट खाद्यान बितरण गर्ने योजाना अघी सारे सङ्गै नगरपालीका भीत्र रहेका अती बिपन्न पचास घर परीवारलाई बाह्र सय पचास कीलो चामल, एकसए किलो दाल र पचास किलो नुन सहयोग गरेको हो । “खाद्यान्न अभावमा कोही पनि भोकै वस्न नपरोस् भनेर हामी आफैले पैसा उठाएर सहयोग गरेका हौं” अमेरिकामा रहनुभयकी सहयोगी शर्मिला रेग्मीले भनिन् ।
यहाँ हामी पनि घरभित्रै बसिरहेका छौ । आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा धेरै खुसीलागेको छ । तपाइहरु पनी लक डाउनको पूर्ण पालनागरी संक्रमणबाट बच्नुहोला रेग्मीले भनिन् ।