arrow

अब ग्याँसको समस्या हुदैन उत्खनन्‌का लागि चीनियाँ टोली आउछन् : उद्योग मन्त्री

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
C.jpg.jpeg
भक्तपुर । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले नेपाल सरकारको उद्योग नीति अनुसार पहिलो ग्याँसको उत्खनन् त्यस पछि पेट्रोलियम पदार्थ रहेको भन्दै आउँदो मे महिनाको एक बाट चीनियाँ टोलीको सहयोगमा दैलेख, मुस्ताङ्ग र उपत्यकाको ग्यास उत्खनन्को काम सुचारु गरिने बताए । मन्त्री पाण्डेले नेपाल सरकारका मातहतमा रहेका र बन्द भएको नेपाल औषधि लिमिटेड, हेटौडा सिमेन्ट, गोरखाली टायल उद्योग, उदयपुर सिमेन्ट, बिरगञ्ज चिनी उद्योग लगायतका कारखाना अब बन्द नहुने गरी सञ्चालनमा ल्याउन लागेको बताए ।
 
मन्त्री पाण्डेले नेपाल सरकारले सात प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गर्ने लागेको बताएका छन् । रफत रञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पाण्डेले संघिय प्रणालीमा देश प्रवेश गरिसकेको र देशको औद्योगिक क्षेत्रको बिकासलाई मध्ये नजर गर्दै नेपालका सातै प्रदेशमा औद्योगिक बिकासका लागि आवश्यक जग्गा छुट्टाइ सकेको बताए ।
 
भुकम्प, नाकाबन्दी र मधेश आन्दोलनका कारण सबैभन्दा बढी प्रभावमा झेलिएको नेपालको औद्योगिक क्षेत्रले भर्खरै बामे सर्न थालेको बताउँदै सरकारले निजि क्षेत्रका उद्योगहरुलाई सक्दो सहयोग गर्दै उद्योग बिकास तर्फ अग्रसर बनेको उनले सुनाए । सरकारले सञ्चालनमा ल्याउन लागेको उद्योगका समपूर्ण कामहरुमा सबै भन्दा पहिलो सरकारले नै गर्नुका साथै दातृ निकायको सहयोग लिने त्यस पछि नसकेका खण्डमा मात्र निजि क्षेत्रको सहयोग लिने भन्दै सरकारले जी टु जी अवधारणा लागू गर्न लागेको मन्त्री पाण्डेले बताए ।
 
बर्तमान सरकार परिवर्तनको बिषय हल्ला मात्र भएको भन्दै मन्त्री पाण्डेले भने,'यो सरकार दुइ वर्षसम्म कर्सैले चाहेर पनि परिवर्तन गर्न सक्दैनन्।' संबिधानमै उल्लेख गरिए अनुसार दुइ बर्षसम्म अबिश्वासको प्रस्ताव ल्याउन नसक्ने प्राबधान रहेकाले सरकार परिवर्तन को बिषय प्रतिपक्षको भनाई मात्र रहेको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ