arrow

रसुवालाई चीनको थप सहयोग

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
china-flag.png

रसुवा। कोभिड–१९ नियन्त्रणमा सहयोग पुर्‍याउन रसुवा जिल्लालाई चीनको जिलोङ काउन्टीले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेको छ। जिल्ला विपद् व्यवस्थापन  समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको तिब्बतस्थित जिलोङ काउन्टीले रसुवामा काम गर्ने स्वास्थ्यकर्मी र नेपाल प्रहरीका लागि केही थप सामग्री प्रदान गरेको हो।

प्रदान गरिएका सामग्रीमा  १०५ थान पिपिई, ३० थान जुत्ता, ४८ थान मेगाफोन (सानो माइक), पाँच हजार थान हर्बल, १५ लिटर औषधि, पाँच थान प्रोटेक्सन फेस  (हेलमेट जस्तै स्वास्थ्यकर्मीले लगाउने) र १८ थान नाइट यासल (सानो टच) रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ।

यसै गरी रसुवामा कार्यरत प्रहरीका लागि ३० थान आर्मारि गियर( प्रहरीले छातीमा लगाउने) र १०५ प्रोटेक्सन हेलमेट दिइएको छ। यसअघि पनि चीनले स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ। चीनको जिलोङ काउन्टी एवं नेपालको रसुवा जिल्ला छिमेकी भएको र मित्रता अत्यन्तै  राम्रो रहेको बताउँदै प्रजिअ भण्डारीले विपद्का समयमा  सहयोग गर्ने चिनियाँलाई धन्यवाद दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ