एजेन्सी । कपिल शर्माको नयाँ कमेडी शो ‘द कपिल शर्मा शो’ एक एपिसोड मात्र टेलिकास्ट भएको छ । तर, कार्यक्रम सुरु हुदै बन्दको समचार सञ्चारमाध्यममा छाएको छ । टाइम्स अफ इन्डियाका अनुसार , ‘द कपिल शर्मा शो’ २६ एपिसोड मात्र टेलिकास्ट हुनेछ । कपिल शर्माले यस समचारको स्वयम् पुष्टि गरेका हुन् । कपिलले एक अंग्रेजी वेबसाइटलाई दिएको अन्तर्वातामा भनेका छन् , “जब हामीले ‘कमेडी नाइट्स विद कपिल’ सुरू गरेका थियौ तब हामी उक्त शोको सीरीज बनाउने थियौ, जसको कयौ सीजन थिए । जब शो सुरू हुदाँ राम्रो प्रतिक्रिया थियो र हामी शोलाई बन्द गर्न सकेनौ ।
कपिलले भने,' नयाँ शोको बिषयमा भने त्यस्तो हुने छैन । हामीले सबैकुरा पहिलेनै तय गरेका छौ । यस सीरीजमा जम्मा २६ एपिसोड हुनेछ । यसपछि हामी छोटो ब्रेक लिनेछौ र नयाँ सीजन लिएर आउनेछौ । यो प्रकिया आगाडि पनि चल्नेछ । हामी बीच-बीचमा छोटो-छोटो ब्रेक लिनेछौ।'