arrow

देउवाले भने, ‘ओली सरकारलाई जवरजस्ती धकेल्न मिल्दैन’

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आफुहरुले वर्तमान सरकारलाई हटाउन जवरजस्ती नगर्ने बताएका छन् । भारतबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग देउवाले वर्तमान सरकार बहुमतकै रहेकाले आफुहरुले बलियो प्रतिपक्षीको भूमिका खेल्नुको विकल्प नभएको भन्दै जवरजस्ती गर्न नमिल्ने सुनाए । उनले भने, ‘ओली जी ले चलाइराखेको सरकारलाई जवरजस्ती धेकेल्न मिल्दैन ।’
 
अब राष्ट्रपतिले संसद बोलाइसकेको अवस्थामा हामीले बलियो प्रतिपक्षको भूमिका खेल्छौं–देउवाले भने । विशुद्ध पारिवारीक भ्रमण रहेको भनेका देउवाले भारत बसाईका क्रममा विदेशमन्त्री सुष्मा स्वराजसंग भेट गरेका थिए । सो भेटबारे जानकारी गराउँदै उनले नेपालका देखिएका समस्याको समाधान मिलेर गर्ने विषयमा छलफल भएको सुनाए । अब पनि वार्ताको विकल्प नरहेको देउवाको भनाई छ । देउवा पत्नी आरजु राणा देउवाको उपचारका लागि भारत गएका थिए । 
 
देउवा पत्नी आरजुको भारतको हरियाणास्थित फोट्जि अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी भएको छ । आरजुको उपचार अझै नसकिएकाले उनी अझै तीन साता दिल्लीमै रहने छिन् । देउवा भने ९ दिने भारत बसाई छोट्याएर स्वदेश फिर्ता भएका छन् । उपचारको वाहनामा राजनितिक भेटघाटका लागि भारत गएको भन्दै देउवा दम्पत्तिको आलोचना भएपनि देउवाले  भारतीय विदेश मन्त्रीबाहेक उल्लेख्य राजनितिक भेटवार्ता गरेनन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ