arrow

अाेली सरकारले कुरो नसुनेको झोंक : ‘एमाले र एमाओवादी भ्रष्टाचार गर्नकै लागि सरकारमा जान्छन्’

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
madhes-aandolan.jpg.jpeg
काठमाडौं । संघीय गठबन्धनमा आवद्ध २७ दलको संयुक्त आन्दोलन सुरु भएको छ । पूर्व घोषित कार्यक्रम अनुसार वुधबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको गठबन्धन नेताहरुले बताएका छन् । गठबन्धन नेताहरुले पछिल्लो समय २६ बुँदे अवधारणा अघि सारेका छन् । उनीहरुले पहिलेको ११ बुँदेमा आदिवासी जनजाती, पीछडावर्गलगायत, भूकम्प पीडित र कालोबजारीको मुद्दा समेत उठाएका छन् । 
 
कार्यक्रममा सहभागि हुन जनकपुर पुगेका तराई मधेस लोकतान्त्रिक पार्टी उपाध्यक्ष वृषेशचन्द्र लालले एमाले र एमाओवादी भ्रष्टाचारका जड भएको बताए । धनुषा प्रशासनमा ज्ञापनपत्र बुझाएपछि हाम्राकुरासंग भने, ‘एमाले र एमाओवादी भ्रष्टाचार गर्नकै लागि सरकारमा जान्छन्, तर, यीनहरु निकै डर छेरुवा छन् ।’ उनीहरुलाई भोली जनताले लखेट्ने ठूलो भय रहेको समेत लालले बताए । 
 
उनले यो लोकतान्त्रिक मूल्य मान्यता राख्ने दलहरुको सरकार नभएको र वामपन्थीहरुको तानाशाही सरकार रहेको टिप्पणी गरे । त्यसमा पनि उनले माओ तानाशाही नभई स्टालिन तानाशाही रहेको ठोकुवा गरे । एमाले–एमाओवादीमा विकासवादी चरित्रै नभएको उनको आरोप छ । आफुहरुको आन्दोलन अब मधेसमा मात्रै केन्द्रीत नभएको भन्दै उत्पीडित सवै जनताको आन्दोलन भइसकेको उनको भनाई छ । लालले भने, ‘यो राष्ट्रिय आन्दोलन भइसकेको कुरा सरकाले बुझ्नु पर्छ ।’ 
 
तपाईहरुभित्रै आन्दोलन उपस्थितिबारे मनमुटाव जस्तो देखियो ? नवाफमा उनले भने, ‘आफुहरुलाई कस्ले आन्दोलनमा कति झण्डा फहरायो भन्ने बारे हाम्रो चाँसो छैन, सवै जनताको देशभरबाट सहभागिता भयो ।’ झण्डा कस्ले बढी देखाउने भन्ने त्यो दलहरुको आ–आफ्नो नीजि मामिला होला । 
 
यस्तै, काठमाडौं प्रशासनमा ज्ञापनपत्र बुझाउन गएको गठबन्धन टोलीमा कस्को झण्डा बढी भन्दै जस लिने मनोवृतीको दृष्य देखियो । यसअघि, मधेस केन्द्रीत दलका नेताहरुले आ–आफ्नो दलको नेतृत्वमा आन्दोलन भएको भन्दै जस लिने गरेका थिए । २७ दलको गठबन्धन भएपनि पहिलेको जस्तै दृष्य देखिए पनि नेताहरुले वास्ता गरेनन् । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले यस्तो हुन्छ नै धेरै दल छन्–भने । 
 
उनले महत्वपूर्ण कुरा उपस्थिति राम्रो भएको बताए । देशभर शान्तिपूर्ण कार्यक्रम भएको भन्दै आगामी कार्यक्रम पनि शान्तिपूर्ण हुने उनको भनाई छ । अब शुक्रबार सवै जिल्लाका सरकारी कार्यालयमा विरोध स्वरुप कालो झण्डा गाड्ने कार्यक्रम छ । वैशाख ३१ गते सम्म विभिन्न विरोध कार्यक्रम राखेको गठबन्धनले जेठ १ गते सिंहदरबार घेराउ गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ