arrow

ओलीले कुरो खोले, ‘चिया, खाजा र भेटघाटमा मैले सात महिनामा ८४ लाखमात्र खर्च गँरे’

लामाको सपथ, कांग्रेसलाई कटाक्ष ‘मौसमी राजनीति नगर्नुस्’

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
KP-Oli.jpg.jpeg
काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामालाई वुधबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आग्रहमा विराज विष्टलाई पदबाट हटाइएर प्रधानमन्त्रीले लामालाई सो पदमा नियुक्त गरेका हुन् । 
 
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त सरकारका साझेदार दल र मन्त्रीलाई त्यही भावनाका साथ पारदर्शी र निष्पक्ष भएर जनसेवामा लाग्न आग्रह गरे । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केही सांसदले भूकम्पपीडितलाई एकै किस्तामा अनुदान दिनुपर्छ भनेर मौसमी राजनीति गरेको टिप्पणी गरे । उनले अघिल्लो सरकारले नै चार किस्तामा रकम दिने तय गरेकामा हाल तीन किस्तामा वितरण सुरु भएको जानकारी दिँदै यथार्थमा उभिएर राजनीति गर्न दलहरुलाई आग्रह गरे । 
 
अाेलीले अघिल्लो प्रधानमन्त्रीले साढे दुई महिनाको अवधिमा चिया, खाजा र भेटघाटमा दुई करोड ७४ लाख खर्च गरेको तर आफूले सात महिनामा ८४ लाखमात्र खर्च गरेको जिकिर गर्दै सञ्चारमाध्यमलाई त्यसतर्फ ध्यानाकर्षण गराए ।  प्रधानमन्त्री ओलीले पञ्चायत र लोकतान्त्रिक कालमा पनि उही व्यक्ति र प्रवृत्ति (उपप्रम कमल थापा) भन्ने टिप्पणीप्रति लक्ष्य गर्दै समय र परिस्थितिअनुसार व्यक्ति र प्रवृत्तिमा पनि परिवर्तन आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ