arrow

संक्रमित जमातीको सम्पर्कमा रहेका अध्यक्ष जालिम र उनका परिवारका १८ को स्वाब परिक्षण

जालिमको घरमा प्रहरीको निगरानी

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ वैशाख १ सोमबार
jalim-miya-birgunj.gif

पर्सा। कोरोना संक्रमित तवलिगी जमातका जमातीहरुसँग सम्पर्कमा रहेका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ (मुखिया) सहित उनको परिवारका १८ जनाको स्वाब परिक्षणका लागि नमूना संकलन भएको छ। 

जमातीहरुलाई नेपालमा प्रवेश गर्ने र बस्ने व्यवस्था मिलाउने क्रममा सम्पर्कमा आएका जालिम मियाँ तथा उनको परिवारको १८ जनाकै प्रहरी निगरानीमा स्वाबको नमुना लिइएको हो।

नारायणी अस्पतालबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले जालिमको सबै परिवारको नमुना लिएको हो। नमुना परिक्षणका लागि हेटौंडा पठाइएको छ। 

जमातीहरुलाई सीमाबाट नेपाल ल्याउनेदेखि बिरगंजका विभिन्न ठाउँमा राख्न व्यवस्था गरेको समाचार सार्वजनिक भएदेखि नै जालिमको घरमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएका प्रहरीले निगरानी सहित सुरक्षा दिइरहेका छन्।

बीरगञ्जको कादाम्बरी बोर्डीङ स्कूलको छेउमा रहेको जालिम मियाँ (मुखिया)को घरमा १८ जना रहँदै आएका थिए। 

स्वाब परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली जाँदा स्थानिय संचारकर्मीहरु पनि उनको घरमा पुगेका थिए। सो क्रममा उनले पत्रकारहरुलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए। आफ्नो बारेमा समाचार लेख्नेहरुलाई गाली गरेपछि त्यहाँ गएका पत्रकारहरुले उनको प्रतिवाद गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ