काठमाडौं। कोभिड-१९ अर्थात् कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको अभियानमा प्रारम्भ नामक सामाजिक संस्थाले समेत सक्रियता देखाएको छ। अत्यावश्यक स्वास्थ्य सामग्री तथा राहत व्यवस्थापनमा सक्रिय प्रारम्भले आज त्रिबि शिक्षण अस्पतालमा २५ थान पीपीइ (पर्श्नल प्रोटिक्टिभ इक्युपमेन्ट) उपलब्ध गराएको छ।
उक्त सेटमा पिपिई ड्रेस २५ थान, एन ९५ मास्क २५ थान, फेससिल्ड (भाइजर) २५ थान र गमबुट २५ थान गरि एक सय प्रकारका सामान रहेको संस्थाकि अध्यक्ष कल्पना छेत्रीले बताइन। लक डाउनको प्रभावले सिर्जित प्रतिकुल अवस्थाको बाबजुत बिभिन्न सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पीपीई व्यवस्थापन गरिरहेको संस्थाले खाद्यान्न, औसधी तथा प्राथमिक स्वास्थ्य सामग्री समेत राहत स्वरुप वितरण गरिरहेको छ।
प्रारम्भले त्रिबि शिक्षण अस्पताल सहित वीर अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धुलिखेल अस्पताल लगायतका संस्थालाई स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिएको छ।
प्राकृतिक प्रकोप, महामारी र संकटमा सक्रिय संस्थाले २०७२ को भुकम्प पछि उल्लेख्य सक्रियता देखाउदै आएको छ। प्रारम्भ सिंगापुर रेडक्रससंग आवद्द संस्था हो।