arrow

माहामारी नियन्त्रणका लागि सिमामा सतर्कता

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
nepal-border.jpeg

जनकपुरधाम। प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमामा सर्तकता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भएको छ।

मंगलबार मुख्यमन्त्री निवासमा  सम्पन्न प्रतिपक्षीदलका नेताहरु सहितको निर्देशक समितिको बैठक पछि मुख्यमन्त्री राउतले सुरक्षा निकायका पदाधिकारी एवं स्वास्थ्य क्षेत्र संग सम्बन्धित पदाधिकारीहरुलाई यस्तो निर्देशन दिनु भएका छन ।

मुख्यमन्त्री राउतले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायको पदाधिकारीहरुलाई निर्देशन  दिए।

मुख्यमन्त्री राउतले  भने सुरक्षामा चाहिने आवश्यक सामग्री तुरुन्त उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन समेत दिए।

स्वाब परीक्षणमा तीब्रता आउन नसकेको गुनासो चारै तिर बाट आएको बोल्दै  मुख्यमन्त्री  राउतले स्वाब परीक्षण लगायतको काममा तदारुकता देखाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिनु भएका हुन् ।

मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणको लागि रकमको कुनै आभाव हुन  नदिने प्रतिबद्धता जनाउदै कार्यान्वयको पाटो कुनै पनि इन्तु किन्तु सुन्न नचाहेको समेत बताए।

मंगलबारको बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त मन्त्रीहरु, प्रतिपक्षी नेपाली काँग्रेका नेता राम सरोज यादव, नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतो, प्रमुख सचिव लगायत सबै मन्त्रालयका सचिवहरु, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारीहरु, चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ