arrow

एलआरआईले सुदुरपश्चिमको क्वारेन्टाइनको लागि पठायो ५० थान बेडसेट 

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार

काठमाडौं। राजधानीको कलंकीस्थित एलआरआई स्कुलले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरश्चिम प्रदेशमा ५० थान बेडसेट पठाएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत उक्त सामग्री विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूरपश्चिम प्रदेश सरकारलाई पठाएका हुन्। 

सुदुरपश्चिम प्रदेश कोरोनाबाट बढी प्रभावित भएकाले थोरै भए पनि क्वारेन्टाइनमा बस्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको गुठियार पन्तले बताए।

विद्यालयले ५० थान बेड, ५० थान म्याट्रेस, ५० थान सिरानी, ५० थान बेड सिट, ५० थान बल्याङ्केट गरि करिव चार लाख बरावरको सामग्री हस्तान्तरण गरिएको विद्यालयका मुख्य लेखाअधिकृत दीपक जोशीले बताए।

यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरिसकेको छ। शैक्षिक गुठि अन्तर्गत सञ्चालित उक्त स्कुलले बेलाबेला विभिन्न विपदमा सहयोग गर्दै आएको छ। यसका साथै विद्यालयले थुप्रै सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।

यस्तै विद्यालयका संस्थापक गुठियार पन्तले मन्त्री भट्ट मार्फत नै १५ हजार थान सर्जिकल ग्लोव तथा माक्स सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदान गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ