-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती विपना रोकायालाई हवाई उद्धार गरिएको छ ।
सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए ।
चिकित्सकका अनुसार उनको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ ।
नेपाली सेनाको हेलिकप्टरद्वारा बिहिबार जिल्ला सदरमुकामबाट दुनैबाट उनलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
विपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याइएको उनका श्रीमान् लक्ष्मीले जानकारी दिए।