arrow

उल्टो बच्चा रहेकी विपनाको हेलिकप्टरबाट उद्धार

logo
रामचन्द्र न्यौपाने,
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
helee.jpg

डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती विपना रोकायालाई  हवाई उद्धार गरिएको छ ।  

सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए  । 

चिकित्सकका अनुसार उनको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ । 

नेपाली सेनाको हेलिकप्टरद्वारा बिहिबार जिल्ला सदरमुकामबाट दुनैबाट उनलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । 

विपनालाई सुत्केरी  गराउन यही वैशाख २ गते जिल्ला अस्पताल  ल्याइएको उनका श्रीमान् लक्ष्मीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ