arrow

नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
Baitadi-hamrakura.jpg.jpeg
बैतडी। बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको छ।
 
मृत्यु हुने किशोरीहरु स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन्। मृतक सोही गाविस–९ की १५ वर्षीया माधवी जोशी र १५ वर्षीया राधिका जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताए।
 
कटौजपानी–९ पाटागाउँमा बुधबार दिउँसो ३ बजे खोलामा नुहाउन गएका किशोरी बेपत्ता भएको धेरै समयपछि पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७:३० बजे मृत अवस्थामा भेटिएका थिए। शवपरीक्षणका लागि आज बिहान जिल्ला अस्पताल बैतडीमा लगिएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ