arrow

मुगुमा ९० जनाको कोरोनाको आरडीटी परिक्षणमा एकको रिपोर्ट शंकास्पद 

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-rdt-test.jpg

मुगु। जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जिल्लामा रहेका चार वटा स्थानिय तहहरु मध्य तीन वटामा गरेको र्‍यापिड परिक्षण (RDT)मा एक जनाको रिपोर्टमा पोजेटीभ देखिएको छ।

बिहिवारसम्म जिल्लाका सोरु गाँउपालिकामा १३ जना, खत्याड गाँउपालिकामा ५५ जना, छायाँनाथ रारा नगरपालिकामा २२ जनाको परिक्षण गरिएको र खत्याड गाँउपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा बिहिवार गरिको र्‍यापिड परिक्षणमा एक जनाको रिपोट पोजेटीभ आएपछि शंकास्पद व्यक्तिको स्वाब पिसिआर परिक्षणका लागी प्रदेश राजधानी सुर्खेत पठाउने तयारी भैरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।

नगरकोटीका अनुसार जिल्लामा प्राप्त १४० किट मध्ये ९० वटा प्रयोग भइसकेको र अब ५० वटा किट मात्र बाँकी रहेको छ। जिल्लामा भारत तथा तेस्रो मुलकबाट आएकाको सख्या १६० जना पालिकाहरुबाट प्राप्त भएकाले उनीहरुका लागि किट अपुग हुने बताए ।

RDT परिक्षण मात्र अन्तिम परिक्षण नभएकाले आत्तिनु नपर्ने, शंकास्पद व्यक्तिको स्वाब पिसिआरबाट परिक्षण गरेपछि मात्र पोजेटीभ नै भएको भन्न सकिने र शंकास्पद व्यक्तिलाई स्वाबको रिपोर्ट नआउन्जेलसम्म रातापानी आईसोलेसनमा राखिने डा नगरकोटिले बताए। परिक्षण भएका ९० आरडिटी र ५ पिसिआर परिक्षणमा ९४ जनाको रिपोर्ट नेगेटीभ आएको थियो ।

जिल्लामा यस अघि ५ जनाको स्वाव परिक्षण गरिएको थियो भने विहिवार (RDT) गरिएका ९० जनाको सहित विहिबारसम्म ९५ जनाको परिक्षण भएको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।

कोरोना भाईरस नियन्त्रण,रोकथाम र उपचारमा सहयोगा पुगोस भनेर जिल्लासँग जोडिएका छिमेकी जिल्ला डोल्पा, जुम्ला, बाजुरा, हुम्ला र चीन तर्फका सिमानामा कडाई गरिएको र अन्तर गाँउपालिका प्रवेशमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए। 

र्या‍पिड परिक्षण (RDT)मा पोजेटीभ आएसँगै पालिकाहरुलाई थप सजक र सुरक्षाका उपाय अपनाउन र बन्दाबन्धीलाई झन कडाई गर्न सम्वन्धित सबै निकायलाई अनुरोध र निर्देशन दिने र लागु गर्न स्थानिय प्रशासन लागी पर्ने पनि प्रमुख जिल्ला अधिकारी निरौलाले भने। स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरु (RDT) गर्न अहिले जिल्लाका सबै स्थानिय तहहरुका खटिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ