arrow

जनकपुरका विभिन्न स्थानमा फालिएको भेटियो दस र सयका नोट, कोरोना फैलाउन खोजेको आशंका

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
15-02-39-Mahabir-chowk1.jpg

जनकपुरधाम। जनकपुरका विभिन्न स्थानमा दस र सयका नेपाली नोटहरु फालिएको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ५ महावीर चौक सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसले फालेको हो भन्दै पैसामा छुने आँट गरेका छैनन् ।  भारतमा समेत सडकमा पैसा फालिएको अवस्थामा भेटिएको थियो । त्यसमा कोरोनाको जिवाणु हुन सक्ने भन्दै अनुसन्धान गरिएको थियो।  जनकपुरधाममा समेत स्थानीयवासीहरुले सोहि शंका गरेका छन् ।

अज्ञात समूहले पैसा फालेर भागेको हुन सक्ने र उनी कोरोना संक्रमित समेत हुन सक्ने अनुमान गरिएको छ। स्थानीयहरुका अनुसार दुईजना महिलाले दश र सयको नोट चोकको विभिन्न स्थानमा फालेर भागेका हुन्।

उनीहरुले केहि पसलका सटरहरुमा समेत पैसा राखेको स्थानीयहरु बताए । जथाभावी रुपमा विभिन्न स्थानमा पैसा फालेर भाग्दै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि महावीर चौकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको धनुषा  प्रहरीले जानकारी दिएको छ। 

अन्दाजी ३५ देखि ४० वर्षकी दुई जना महिला जथाभावी रुपमा पैसा  फालेर भागेको स्थानीयहरुले प्रहरीलाई  फोन गरेपछि उनीहरुको खोजी भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पैसा छोएपछि कोरोना संक्रमण हुन सक्ने आशंकामा स्थानीयहरु भयभित बनेका छन्। यता पैसा फालेर जानेहरुको खोजी कार्य सिसी क्यामरा मार्फत समेत भइरहेको छ ।

जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवका अनुसार कोरोना संक्रमित व्यक्तिले ती रकम फालेको हुन सक्ने वा त्रास बढाउन कसैले त्यसो गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ