arrow

जनसम्पर्क समिति क्यानडाको राहत वितरण जारी, घर घरमै पुगेर वितरण

logo
प्रकाशित २०७७ वैशाख ६ शनिबार
janasamparka-canada-chanda.gif

क्यानडा। नेपाली जनसम्पर्क समिती क्यानडाले ओन्टरियोका बिभिन्न शहरमा रहेका अन्तराष्ट्रिय बिद्यार्थीहरु, नेपाली विद्यार्थीहरु र अध्ययन तथा कामको सिलसिलामा भर्खरै क्यानाडा आइपुगेका नेपाली समुदायलाई राहत वितरण जारी राखेको छ। 

कोरोना भाइरसको कारण पर्न गएको असुबिधालाई मध्यनजर गर्दै जनसम्पर्क समितिका कार्यबाहक सभापति चन्दा अधिकारीको संयोजनमा राहत वितरण जारी रहेको हो। 

समितिले दैनिकी उपभोग्य सामग्रीहरु चामल, दाल, नुन, प्याज लगायतका खाद्यान्न र ग्लोभ, मास्क र सेनटाजरहरु राहत स्वरुप उपलब्ध गराएको हो। 

जनसम्पर्क समितिका तर्फबाट कार्यबाहक सभापति चन्दा अधिकारी, सभापति बुद्धी प्रकाश वली र महामन्त्री वसन्त कार्की निरन्तर रुपमा बिद्यार्थीहरु बस्ने अपार्टमेन्ट र घरघरमा अत्यावश्यक सामान राहत स्वरुप उपलब्ध गराई रहेका छन्। समितिले राहत वितरणसँगै महामारीमा अत्यन्त सजग र सुरक्षित रुपमा रहन पनि सुझाव दिदै आएको छ। 

बिगत एक महिनादेखि समितिले क्यानडामा अध्ययनरत नेपाली र अध्ययन तथा कामको सिलसिलामा भर्खरै क्यानाडा आइपुगेका नेपाली समुदायलाई राहत वितरण जारी राखेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ