arrow

लकडाउन उद्धारः रामेछापमा कोहि विरामी परे कान्छारामलाई सम्झिनु

१३ एम्वुलेन्स र एउटा शबवाहनले रामेछापवासीलाई निशुल्क सेवा दिदै

logo
शान्ति रेग्मी,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
purna-bahadur-tamang-kanchh.gif

रामेछाप। कोरोना भाइरसको कारणले देश पुरै लकडाउनमा छ। लकडाउनका कारण मानिसका दैनिकी फेरिएको छ। सामाजिक दुरी कायम गर्न सुझाव दिइएपछि मानिस आफ्नो परिवारमा सिमित छ। परिवार भन्दा टाढा रहेकाहरु अहिले दशौं दिनसम्म हिडेर सयौं किलोमिटरको यात्रा तय गर्न वाध्य छन्। यस्तो बेलामा मानिस विरामी पर्दा अस्पतालसम्म जाने साधन नपाएर कतिले धेरै नै दुख कष्ट पाइरहेका छन्। 

आम नागरिकको यहि दुखलाई देखेर रामेछापका कांग्रेस नेता तथा प्रतिनिधी सभाका उमेद्वार कान्छाराम तामाङले जिल्लाका विरामीहरुको उद्धार अभियान चलाएका छन्। जिल्लाका कुनै पनि कुनामा विरामी परेर अस्पताल जान नपाएको खबर अहिले कान्छारामले थाहा पाउने वित्तिकै सो ठाउँमा एम्वुलेन्स पठाएर उद्धार मात्र होइन अस्पताल पुर्‍याएर उपचारको काममा पनि कान्छारामले सहयोग गर्दै आएका छन्। 

कान्छारामले यस अघी नै जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अन्य संस्थाहरुलाई दिएका १३ वटा एम्वुलेन्स अहिले विरामीलाई निशुल्क अस्पतालमा ल्याउन लागिरहेका छन्। लकडाउनकै बीचमा अहिलेसम्म ११४ पटक रामेछापबाट काठमाडौं एम्वुलेन्स आएको छ विरामी बोकेर। यसरी काठमाडौंसम्म विरामी ल्याउँदा एम्वुलेन्सको लाग्ने खर्च सबै कान्छारामले व्यहोर्दै आएका छन्। गरिव निमुखा भए अस्पतालमा ल्याएर उपचार गर्ने खर्च पनि कान्छारामले नै दिदै आएको नेबिसंघका नेता दिपेन्द्र खड्काले बताए। 

कान्छारामले उपचारका लागि एम्वुलेन्स पठाउने मात्र हैन कुनै विरामीको मृत्यु भएमा अन्तिम संस्कारका लागि  घाटसम्म पुर्‍याउनका लागि एक शब वाहनको पनि निशुल्क व्यवस्था गरेको खड्काले जानकारी दिए। जिल्लावासीलाई लकडाउनका कारण खान समस्या भए सहयोग गर्ने प्रतिवद्धता जनाएका उनले काठमाडौंका विभिन्न ठाउँमा पुगी विपन्न, श्रमिकहरुलाई राहतमा खाद्यान्न उपलव्ध पनि गराउँदै आएका छन्।

मानविय भावनालाई प्राथमिकतामा राख्दै कान्छारामले यो वा त्यो पार्टी नभनी रामेछापवासीलाई सहयोग गरेको एक स्थानिय प्रदिप पौडेलले बताए। कान्छारामको यो सहयोगी भावनाले अहिले विरामी भए कान्छारामलाई सम्झिनु भन्ने भनाई जिल्लाका नागरिकका मुखमा झुण्डिन  थालेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ