arrow

कांग्रेसले नेता–कार्यकर्तालाई भन्यो, ‘सरकारले पुनःनिर्माणमा खटाएका इन्जिनियरलाई सघाऊ’

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
congress-party-office.jpg.jpeg
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले भूकम्प पीडित जिल्लामा पुनः निर्माणको लागि १ हजार ३ सय ४६ इन्जिनियरहरुलाई सहयोग गर्ने भएको छ । कांग्रेसले इन्जिनियर तथा प्राविधिकहरुलाई सहयोग गर्ने उद्देश्यका साथ जिल्लाका नेता तथा कार्यकर्ता खटाउने निर्णय गरेको हो । 
 
कांग्रेसले जारी गरेको विज्ञप्तीमा पुनःनिर्माणका लागि खटिएका इन्जिनियर र जिल्ला प्राविधिक कार्यालयसंग समन्वय गरी सो कार्यमा सम्बन्धित जिल्लाले पार्टीका सम्पूर्ण निकाय परिचालित गराउन हुन निर्देश गरिन्छ –भनिएको छ । साथै पार्टी नेता तथा कार्यकताले गरेको कार्यको कांग्रेस पार्टी केन्द्रीय कार्यालयले अनुगमन गर्ने भएको छ ।
 
सम्बन्धित जिल्लामा खटिएका प्रत्येक इन्जिनियरहरुसंग समन्वय गरी प्रत्येक गाउँ–टोलका लागि पार्टीको तर्फबाट २०–२० जना कार्यकर्ता सहभाथि गराउने कांग्रेसको तयारी छ । विभिन्न जिल्लामा खटिने सहभागिले सम्पूर्ण अघिलेख जिल्ला पार्टी कार्यालयमा राख्न तथा केही समस्या परे केन्द्रीय कार्यालयलाई जानकारी गराउन भनिएको छ । 
............................................................................................................................................................................................................
                                                                                                                                                                                                                                                                                                      वैशाख १६, २०७३
प्रेस विज्ञप्ति
 
२०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछिको पराकम्पनहरुले मुलुकमा जनधन-प्राकृतिक सम्पदाको ठूलो क्षति भएको र लाखौँ मानिसहरु घरबार विहिन भई खुल्ला आकाशमुनि बस्न विवश भएको कहालीलाग्दो घटनाले आज पनि हामी सबैलाई मर्माहत र दुःखीत बनाएको छ । हालै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँ-टोलहरुमा पुन निर्माणको कार्यका लागि १ हजार ३४६ इन्जिनियरहरुलाई खटाइसकेको सन्दर्भमा नेपाली कांग्रेसले पुनर्निर्माणको कार्यमा खटिएका इन्जिनियरहरु तथा जिल्ला विकास कार्यालयका प्राविधिकहरुलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रभावित जिल्लामा पार्टीका तर्फबाट सम्बन्धित जिल्लाका नेता एवं कार्यकर्ताहरुलाई खटाउने निर्णय गरेको छ । खटिएका इन्जिनियर र जिल्ला विकास कार्यालय प्राविधिक शाखासँग समन्वय गरी उक्त कार्यमा सम्बन्धित जिल्लाले पार्टीका सम्पूर्ण निकाय परिचालित गर्नु गराउनु हुन यसै विज्ञप्ति मार्फत निर्देश गरिन्छ । यसको सम्पूर्ण अनुगमन पार्टी केन्द्रीय कार्यालयले गर्नेछ । 
 
साथै, सम्बन्धित जिल्लामा खटिएका प्रत्येक इन्जिनियरहरुसँग समन्वय गरी प्रत्येक गाऊँ-टोलका लागि पार्टीको तर्फबाट २०-२० जना कार्यकर्ता सहभागि गराउने र सहभागीहरुको सम्पूर्ण अभिलेख जिल्ला पार्टी कार्यालयमा राख्नु हुन तथा केही समस्या परेमा यथाशीघ्र केन्द्रीय कार्यालयलाई जानकारी गराउन पनि यसै विज्ञप्ति मार्फत नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुलाई अनुरोध छ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ