arrow

जनकपुरका विभिन्न स्थानमा नोट फ्याक्ने दुई मुस्लिम महिला पक्राउ

कोरोनाको त्रासका बीच नागरिकलाई त्रासमा राख्ने महिलाहरुलाई कार्वाही गर्न स्थानियको माग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
janakpiur.jpg

जनकपुरधाम । जनकपुरका विभिन्न स्थानहरुमा नोट फ्याकेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामको शुक्रबार महाविरचौकस्थित सडकमा पैसा छरिएको घटनामा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो । 

शनिबार पक्राउ पर्नेमा दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन्। पक्राउ परेका आमुना र अलिना नातामा भाउजु र नन्द हुन्।

शनिबार करिव अढाई बजे जानकी नगरस्थित मदरसाको पछाडिवाट दुवै महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई प्रादेशीक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

शुक्रबार सीसीक्यामेरा फुटेजको आधारमा अनुसन्धान सुरु गरिएको थियो । सिसिटिभी फुटेजमा मुख छोपेकी दुवै महिलाहरु देखिएपछि प्रहरीले सो महिलाहरुको खोजी तिब्र पारेको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा ती महिलाहरुको खोजी गरिएको थियो।

शुक्रवार दिउँसोको समयमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ५ महावीर चौकको सडकको विभिन्न ठाँउमा त्यो दुवै जना महिलाहरुले रुपैयाँ फालेर भागेका थिए ।

कोरोना संक्रमणको त्रास भइरहेको बेलामा आम नागरिकको बीचमा त्रासको वातावरण बनाउने कार्य आपराधिक भएको जनाउँदै स्थानियहरुले उनीहरुलाई कार्वाही गर्नुपर्ने माग राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ