arrow

७३ को सुरुवातमै स्याङ्जामा ९ को मृत्यु

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
Syangja-hamrakura.jpg.jpeg
स्याङ्जा । वर्ष २०७३ सुरुवातमै स्याङजामा ९ जनाको मृत्यु भएको छ । विभिन्न कारणले वैशाखको तेस्रो सातामै ९  जनाको मृत्यु भएको हो । सडक दुर्घटना, डुबेर र लडेका घटना गरी ९ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङ्ले जनाएको छ । वैशाख ११ गते पश्चिम स्याङ्जाको जिरो किलोमिटरबाट एउटै दिशाबाट आएका लु १ क १०४८ नम्वरको ट्रिपरले ग २ प ८७६० नम्बरको मोटर साइकललाई ठक्कर दिदा पर्सा घरभएका राजकुमार महतोको घट्ना स्थलमै मृत्यु भयो । 
 
सोही दिन मल्याङ्कोट गाविस स्थित ज्याग्दी खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीय बालक कुशल सारुको मृत्यु भयो । साथीहरुसंग पौडी खेल्न गएका सारु डुबेपछि साथीहरुले उद्धार गरेर वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, वैशाख १२ गते छाङ्छाङ्दी–२ घर भएकी कमला थापा मालुङ्गा गाविस स्थित खाडाघाट  कालीगण्डी नदी किनारमा मृत अवस्थामा फेला परिन् । थापाको मृत्युबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 
 
वैशाख १३ गते पिडिखोला गाविस स्थित सेतीवेणीमा काली गण्डकी नदीमा माछा मार्ने क्रममा उदयपुर जिल्ला भागलपुर बस्ने विक्रम राईको डुवेर मृत्यु भएको छ । राई मजदुरी गर्दै आएका थिए । सोही दिन भिरकोट नगरपालिका ५ हेलुमा ट्राक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भयो, भने ४ जना घाईते भएका छन् । घाईतेमध्ये एकको अवस्था गम्भीर छ ।
 
हेलुबाट ढुंगा लिएर वालिङतर्फ आउँदै गरेको ग १ त २५५७ नम्बरको ट्राक्टरको ट्रली फुत्किएर ट्याक्टर दुर्घटना हुँदा भीरकोट नगरपालिका –३ का वर्ष २० का विनोद माझीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारकाक्रममा मृत्यु भएको छ, भने भीरकोट नगरपालिका ३ बस्ने वर्ष १४ का रोमकान्त बोटेको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारकाक्रममा मृत्यु भयो । 
 
दुर्घटनमा परी भीरकोट ३ बस्नेवर्ष १३ का बिशाल माझी गम्भीर घाईते भएका छन् भने पाल्पाको गोठादी २ बस्ने वर्ष १८ का रामबहादुर परियार, सोही स्थानका वर्ष १९ का ताराबहादुर रिंजाली र भीरकोट ३ बस्ने वर्ष १३ का अमृत माझी घाईते भएका छन् ।
 
वैशाख १५ गते आँधीखोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । वालिङ ८ सीँयारी रह आँधीखोलामा अन्दाजी ४० वर्षीय शिवकुमारी माँझीको मृत्यु भएको हो । माँझीको कपडा धुँदै गर्दा चिप्लीएर रह परेपछि  डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । सोही दिन थुमपोखरा स्थित आधीखोलामा बााके बैझापुर ८ बस्ने वर्ष ३८ का मनिराम थारु मृत अवस्थामा भेटिएका छन् ।
 
उनको शवभने वालिङ स्थित प्राथामिक स्वास्थ्य केन्द्रमा राखिएको छ । थारु डुवेर मृत्यु भएको हो वा मारिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी निरिक्षक उत्तमप्रकाश वरालले जानकारी दिए । यसैगरी सोही दिन भिरकोट नगरपालिकामा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका वडा नंं. १० निवासी १७ वर्षीया किशोरी काब्रोको घाँस काट्ने क्रममा लडेर घाईते भएपछि उपचारको लागी जिल्ला अस्पताल स्याङजामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुर्गा खत्री रहेको प्रहरीले जनाएको छ । वैशाखको तेस्रो साता सम्म स्याङ्जामा विभिन्न घटनाक्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ