arrow

सिडिओ र डिएसपी चढेको गाडी उतानो फर्कियो, ७ घाइते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
accdent--pic.JPG.jpeg
पाँचथर । पाँचथरको च्याङथापुस्थित इलाका प्रहरी कार्यालयको भवन शिलान्यास गरेर फर्कदै गरेको जिल्ला प्रशासन कार्यालयको गाडी दिउँसो मेची राजमार्ग अन्र्तगत भारपा ८ स्थित टारीमा दुर्घटनामा परेको छ ।
 
दुर्घटनामा परी प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे, प्रहरी नायव उपरीक्षक कृष्ण कोइराला, प्रनाउका अंगरक्षक नवराज बनजारा, पत्रकारहरु भिम वास्कोटा र सुजन तिम्निसना र अन्य दुई जना प्रहरी घाइते भएका छन् ।  
 
घाइते मध्ये प्रनाउको अंगरकक्षक बनजाराको अवस्था गम्भीर छ । घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी निरीक्षक रिपेन्द्रसिंहले जानकारी दिए । मे १ झ ६५ नम्बरको सो गाडी तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ