arrow

कृषिमन्त्रीले रुन छाडे, भने– ‘कृषकलाई पेन्सन दिन्छु’

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
haribol-gajurel.jpg.jpeg
पाँचथर । एकीकृत माओवादी नेता तथा कृषि मन्त्री हरिबोल गजुरेलले काग्रेस, एमाले, एमाओवादी सहितका दलहरुको देशको समस्या समाधान गर्न एक ठाउँमा आउनु पर्ने सक्ने बताएका छन् । पाँचथरको फिदिममा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले सवै दल एक ठाउँमा आउनुको विकल्प नरहेको उल्लेख गरे । 
 
मन्त्री गजुरेलले सवै दलहरु एकै ठाउँमा आएर संविधान कार्यान्वयन गराउनको निम्ति नागरिकले जनदबाब दिनुपर्ने आवश्यकता औंल्याए । एकपक्षले अर्कोपक्षलाई दोष दिएर पन्छिन नहुने बताउँदै अब चाँडै काग्रेस, तथा मधेशवादी दलहरु पनि वर्तमान सरकारमा सामेल भर्इृ राष्ट्रिय सहमतिको सरकार  आवश्यक रहेकोमा जोद दिए । 
 
फरक प्रसंगमा मन्त्री गजुरेलले कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गरी यूवाहरुलाई रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताए । यस्तै,  फिदिममा बीबीसी नेपाली सेवाको कार्यक्रम साझा सवालमा बोल्दै मन्त्री गजुरेलले कृषकलाई विभिन्न चार समूहमा विभाजन गरेर पेन्सनको व्यवस्था गर्न सरकारले कार्यक्रम ल्याउन लागेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ