कोभिड १९ले अर्थतन्त्रमा परेको प्रभावबारे अर्थमन्त्रीलाई चेम्बरको २४ सुझाव
प्रकाशित २०७७ वैशाख ७ आइतबार
797
Shares
काठमाडौं। कोभिड १९ले अर्थतन्त्रमा परेको प्रभावबारे अर्थमन्त्री डा.युवराज खतिवडालाई नेपाल चेम्बर अफ कमर्शले २४ बुँदे सुझाव दिएको छ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मलहोत्राले अर्थ मन्त्री डा.युवराज खतिवडालाई भेटी कोभिड १९ बाट अर्थतन्त्रमा परेको प्रभाव र अपनाउनु पर्ने उपायका सम्वन्धमा २४ बँदे सुझाव पेश गरेका हुन्।
भेटमा अर्थ मन्त्री खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाइ चुस्त बनाइ जिम्मेवार भूमिका निर्वाह गरेकोेमा धन्यबाद दिदै यसलाइ निरन्तरता दिन आग्रह गरेका थिए।
वैंक तथा बित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी हुने नभई नगद प्रवाहलाई सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ साँवा व्याज तिर्ने म्याद वढाउनेतर्फ आवश्यक व्यवस्था गरिने अर्थमन्त्री आश्वासन दिए।
अर्थमन्त्री खतिवडाले कोरोना संकटले चुनौति मात्र नभइ अवसर पनि प्राप्त भएको उल्लेख गर्दै वाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित हुने भएकोले कृषि क्षेत्र गतिशील हुने एवं ईबिजिनेश, अनलाइन बिजनेशको प्रचुर प्रयोगले इलोक्ट्रोनिक कारोवार प्रयोग बढ्ने बताए।
सरकारबाट प्रदान गरिएको राहत प्याकेज बिपन्न वर्गको लागि भएकोले तदनरुप उपयोग गरिदिन मन्त्री खतिवडाले आग्रह गरे। कोरोना भाइरसका कारण अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाई पनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने खतिवडाले चेम्बरको टोलीलाई आश्वासन दिएका थिए।