arrow

चीनले बनायो विश्वकै पहिलो 'रोबोट सिक्योरिटी गार्ड'

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
china-robot2.jpg.jpeg
एजेन्सी। चीनले सुरक्षा उपकरणको विकासमा एउटा नयाँ आयाम थपेको छ । चीनले विश्वकै पहिलो रोबोट सिक्योरिटी गार्ड बनाएको छ । जसमा  हतियार जडित छ । सो रोबोटमा इन्टेलीजेन्ट भिडियो एनालाइसिसको माध्यमबाट हतियार प्रयोग गर्न सकिने विशेषता छ ।
 
'न्यूजवीक' का अनुसार एनबोट चीनको पहिलो इन्टेलीजेन्ट सिक्योरिटी रोबोट हो । चीनको सरकारी पत्रिका पीपुल्स डेलीका अनुसार , सो रोबर्टलाई नेशनल डिन्फेस यूनिभर्सिटीले बनाएको हो । १.४९ मिटर र ७६ किलोग्रामको सो मेसिनको गति १८ किलोमिटर प्रतिघण्टा रहेको छ । यसको   सेन्सरले मानव मस्तिष्क, आँखा र कानले जस्तै काम गर्न सक्दछ ।
 
सो रोबोटलाई चॉन्गक्विंग हाई-टेक फेयरमा अघिल्लो हप्ता प्रदर्शित गरिएको छ । यसको प्रयोग गस्तीको लागि त्यस स्थानमा गर्न सकिन्छ जहा  अशान्ति र हिंसा छ । नेशनल डिफेन्स एकेडमीका अनुसार , एनबोटमा उच्च स्तरको स्वायत्ता छ। यसले पेट्रोलिग गर्न सक्छ र परि आएको खण्डमा समस्या समाधान गर्न सक्छ । यस बाहेक बस्तु पहिचान गर्न र आफै चार्ज गर्न पनि यो रोबर्ट सक्षम छ ।
 
यसमा हिंसा रोक्नको लागि रिमोट कन्ट्रोल को माध्यमबाट आवश्यक हतियार लगाइएको छ । खासमा  सो रोबर्ट एक सेवा प्रदायक हो । जसले मानवभन्दा बढी प्रयोगात्मक कार्य गर्न सक्छ । सो रोबोटलाई दंगा नियन्त्रक उपकरणको रुपमा विकास गरिएको छ । यसमा एउटा एसओएस बटन पनि छ । जसको प्रयोगबाट मानिसले प्रहरीलाई सूचित गर्न सक्नेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ