arrow

होमडेलिभरी गर्ने ब्यवसायीहरुलाई एनआइसी एसियाले क्यूआर कोड दिने

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
QR-code-nica.jpg

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पुर्याएर बिक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने जनाएको छ। धेरै समयको लकडाउनको कारण एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई नगद अभाव तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको बिज्ञप्ति मार्फत जनाएको छ । 

ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडबाट सामाग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा हुनेछ ।
अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रक्रिया अपनाई सहज रुपमा क्यूआर कोड प्रदान गर्ने भएको छ:
•    सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफूले गर्ने व्यवसायको प्रकृति खुलाई क्यूआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल पठाउनु पर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख गर्नुपर्नेछ ।
•    बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्नेछ ।
•    बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्यूआर प्रदान गर्न भर्नुपर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।
•    व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।
•    त्यसपछि बैकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्यूआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्यूआर कोड स्वयम् प्रिन्ट गरी ग्राहकसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नुहुनेछ ।
हालसम्म बैंकले ५० वटा भन्दा बढी शाखाहरूमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको बताएको छ । साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । 
 
ग्राहकहरूले कुनै सेवा लिए बापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्ने जनाइएको छ । 

विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ