परिक्षणका लागि हुम्लाबाट सुर्खेत पठाइएका ९ वटा कोरोना रिपोर्ट नेगेटिभ
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख ७ आइतबार
436
Shares
हुम्ला। पिसिआर परिक्षणका लागि हुम्लाबाट सुर्खेत पठाइएका शंकास्पद ९ जनाको स्वावमा नेगेटिभ रिपोर्ट आएको छ।
हुम्ला सदरमुकाम सिमकोटस्थित तल्लो बजारमा रहेको चर्चमा बनाईएको क्वारेन्टिनमा बसेका नौ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि हुम्लाबाट सुर्खेत पठाइएको थियो।
सुर्खेत प्रदेश अस्पतालको ल्याबमा पिसिआर जाँच गर्दा ९ जनाकै भिटिएम परिक्षण नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले बताएका छन्।
देशका बिभिन्न शहर र भारत तथा तेस्रो मुलुकबाट हुम्ला फर्केर क्वारेन्टिन बसेका नौ जनाको स्वाव परीक्षणका लागि पठाइएको थियो।
पीसीआर परीक्षणमा पनि नेगेटिभ रिपोर्ट नआउदै उनिहरु घर गएका भए पनि पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ढुक्कको अवस्था भएको प्रमुख सिंहले बताए।
अहिलेसम्म हुम्लामा ९६ जनाको र्यापिड डाँग्नोस्टिक टेस्ट र ९ जनाको पीसीआर टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।