डडेल्धुरा। कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरुले भरपुर फाईदा उठाएका छन। अमरगढी नगरपालिका वडा नं. ८ बकण्डेका किसानहरुले लकडाउनको फाईदा उठाउँदै आफ्नो बारीमा फूलकाउली, बन्दाकाउली, भेडेखुर्सानी, टमाटर, लसुन, प्याज, मूला गाँजर र हरियो तरकारी तथा मसलाजन्य वाली लगाएका हुन।
गाउँमा रहेका १५ परिवारले तरकारी वालीमा समय दिएकाले यस वर्ष एक सय क्वीन्टल बन्दागोभी उत्पादन हुने कृषक तथा समाजसेवी हरि प्रसाद भट्टले बताए।
उनले भने, "म अधिकांश समय बारीमा गएर तरकारी गोडमेल गर्छु, सिंञ्चित गर्छु र दोश्रो काम भनेको पुस्तक पढेर समय व्यसतत गर्छु, रमाईलो पनि भएको छ। गाउँभरिका मान्छे एकै ठाउँमा एकै साथ सामुहिक काम गर्दा आनन्द पनि आउँछ, केहि कुरा सिकिन्छ अनुभवहरु जाने बुझेका कुराहरु आदानप्रदान हुन्छन।"
लकडाउले अवसर पनि जुटाई दिएको छ गाउँघरका सबै खुशी नै छन दुख मानेर दिक्क मानेर अर्को बिकल्प नै छैन सबैले संक्रमणको खतरालाई दृष्टिगत गरेका छन।
एक दशक देखिनै तरकारी उत्पादनमा अग्रणि रहेको बकण्डेका महिलाहरु पनि बाहिर घुम्नु भन्दा ताजा तरकारीमा सक्रिय रहेको र लकडाउनको पूर्ण पालना गरिरहेको कृषक हिरा देवी भट्टले बताईन। क्षेत्रफल पनि बढेको छ र परिश्रम पनि त्यसैले अरु वर्ष भन्दा बढि प्रतिफल आउँछ जस्तो छ उनको भनाई थियो।
युवा कृषक तेजराज भट्टले भने, "हामीले एक दशक देखि यस गाउँलाई अमरगढी नगरपालिका अन्तर्गतको एउटा अर्को नमूना कृषि गाउँको स्थापित गर्ने प्रयास गरेका छौं। अहिले सबै युवा दाजुभाइहरु कृषिकर्ममा क्रियासिल छन हामीले सोचेको भन्दा बढि लाभ लिने सोचमा अघि बढेका छौं।"
विश्वभर कोरोना फैलिईरहेको बेला नियमित कामकाजमा लागिरहेका कृषकहरुले तरकारी वाली लगाएसँगै देशमा लकडाउन भए पछि फूर्सदिला भएका किसानहरुले आफ्नो बारीबगैंचामा पर्याप्त समय दिन पाउँदा हर्षित पनि भएका छन्।
चार थान पोली हाउस अनुदान बाहेक अरु सबै आफ्नो लगानीमा गाउँभरि ५० रोपनी तरकारी लगाएर नजिकै सदरमुकामको बजारस्थित संकलन केन्द्रमा लगेर बिक्रि गरिरहेका किसानहरु तरकारी नहुनेलाई लकडाउनका बेला निशुल्क सहयोग पनि गरिरहेका छन।