arrow

काठमाडौंले हेरेन, ‘सँधै विद्रोही बन्याे रोल्पा’

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
bidrohi-rolpa.JPG.jpeg
रोल्पा । सिंचाई मन्त्री उमेशकुमार यादवले काठमाडौंले रोल्पालाई हेर्ने दृष्टिकोण नै त्रुटिपूर्ण रहेकाले रोल्पापछि परेको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ रोल्पाले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले यस्सो बताएका हुन् । सिंहदरबारको नकारात्मक हेराइविरुद्ध रोल्पा आफ्नोलागि मात्र होइन सिंगो नेपाली जनताका लागि विद्रोहको विगुल बजाउँदै यहाँ सम्म आइपुगेकोे उनको ठहर छ । 
 
अझैपनि काठमाडौंले रोल्पालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउँदै मन्त्री यादवले रुकुम, रोल्पा, कालिकोट, जाजरकोट, मुग, हुम्ला, बाजुरा, जस्ता जिल्लालाई सरकारले विशेष रुपमा हेर्नुपर्ने बताए । पत्रकार भेटघाट कार्यक्रममा मन्त्री यादवले रोल्पामा ३१ हजार ५ सय हेक्टर खेती योग्य जमिन रहेपनि ४ हजार हेक्टर जमिनमा मात्र सिँचाई पुगिरहेको जानकारी गराए ।
 
नदी नियन्त्रणका लागि थबाङमा १ करोड १५ लाख बजेट विनियोजन गरेको र माडिचौरमा ५० लाख छुट्याइएको जानकारी गराउँदै मन्त्री यादवले फगाममा पहिरो नियन्त्रण कार्यक्रमलाई प्रस्तावित गरेको पनि जानकारी दिए । उपभोक्ताहरुबाट माग आएपनि तदारुकताका साथ अघि नबढेको बताउँदै मन्त्री यादवले स्थानीय जनतालाई यहाँकै मातृभाषामा सिंचाई सम्बन्धी ज्ञानहरु सिकाउन सिंचाई डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए । 
 
सूचना तथा विज्ञापनहरु मार्फत जनतालाई सूसुचित गराउनु पर्नेमा जोड दिँदै मन्त्री यादवले पहाडी टारहरुमा लिफ्ट इरिगेसनको विकल्प नहुँने बताए । मन्त्री यादवले खाद्यान्नमा आत्मनिर्भर र कृषि क्षेत्रमा रोजागरी सृजना गर्नका लागि पनि सिंचाईलाई महत्ज दिनै पर्ने सुनाए । 
यादवले आवश्यकता अनुसार बजेट निर्धारण होइन बजेट अनुसार आवश्यकता निर्धारण गर्ने भएको हुँदा  कतिपय योजनाहरु जनचाहना अनुसार सम्पन्न हुन नसकेको बताए । 
 
मन्त्री यादवले जनताका केही सल्लाह सुझाव र गुनासाहरु भएमा मन्त्रालयको टोल फ्रि नम्बर १६६००१८८८०० मा सम्पर्क गर्न सकिने जानकारी दिए । मधेश आन्दोलनकाबारेमा पत्रकारहरुले राखेको जिज्ञासामा यादवले काठमाडांैले मधेशसंग धेरै कुरा लियो, मधेशलाई आफूमा केन्द्रिकरण गर्न सक्यो तर, मधेशलाई दिने कुरामा कन्जुस्याई गरेको कारण आन्दोलन चर्केको बताए । 
 
मन्त्री यादवले आफू वाइसीएल रोल्पाको जिल्ला सम्मेलनमा सरिक हुन र सिंचाइ सम्बन्धी केही योजनाहरुको स्थलगत निरिक्षणका लागि रोल्पामा आएको जानकारी गराए । क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नविन लोचन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अमरजित पुन मगरले गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ