arrow

एक महिना लकडाउनले भोकमरीको उच्च जोखिम

logo
ईश्‍वरी प्रसाद देबकोटा,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-jumla-relief.jpg

जुम्ला। चन्दननाथ नगरपालिका वडा नम्बर पाँचमा बसोबास गर्दै आएका दुई सय घरधुरीलाई १५ केजी चामल तथा ३ केजी दाल राहत बितरण गरिएको छ।

झण्डै एक महिनाको लकडाउन पछि आफ्नो वडामा अध्ययन गर्दा अति बिपन्न र गरिव जनताहरूलाई कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै भयावह स्थिति सिर्जना हुन अगावै खाद्यान्‍न वितरण गरिएको वडाध्यक्ष अर्जुन सिंह कठायत (गोल्डेनले) जानकारी दिए।

राहतको नाममा राजनीति नगर्न तथा विपन्न नागरिकको समस्यालाई सबै मिली समाधानतर्फ लाग्न आग्रह गर्दै नगर प्रमुख कान्तिका सेजुवालले स्थानीयहरूलाई नआत्तिन र केही समस्या भय आफुलाई सम्पर्क गर्न आग्रह समेत गरेकी छिन्।

अझ थप १५ दिन लकडाउन थपिए आफ्नो चुलोमा आगो बल्न समेत कठिन हुने भएको भन्दै स्थानीय छिरिङ गुरूङले वडाध्यक्ष कठायतलाई धन्यवाद समेत दिएकी छिन। राहत वितरण खास लक्षित वर्गसम्म पुगेको र राहत वितरणमा तेरो-मेरो नभनी निष्पक्ष भएकोमा स्थानीय देबकी सुनार खुसी हुँदै भन्छिन अब आत्तिने अवस्था छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ