arrow

प्रेस युनियनका सचिव क्षेत्रीको निधन

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
surya-kumar.jpg.jpeg
काठमाडौं। नेपाल प्रेस युनियनका सचिव सूर्य कुमार क्षेत्रीको निधन भएको छ। क्षेत्रीको बिहिवार राती सवा ९ वजे अन्नपूर्ण न्यूरो अस्पताल माइतिघरमा निधन भएको हो। क्षेत्रीको निधनमा युनियनले शोक व्यक्ति गरेर दुख व्यक्त गरेको छ। क्षेत्रीकव निधन लगत्तै काँग्रेस नेता गगन थापा लगायतका नेताहरु पनि अस्पताल पुगेका छन्। 
 
युनियनले निकालेको शोक वक्तव्य जस्ताको तस्तै
मितिः २०७३ वैशाख १६
शोक वक्तव्य
नेपाल प्रेस युनियनका साथीहरुका लागि हामी यो दुखद खवर वाँड्न वाध्य भएका छौ। हाम्रा सहकर्मी मित्र तथा केन्द्रीय कार्यसमितिका सचिव सूर्य कुमार क्षेत्री हामीबिच रहनुभएन। २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि नेपालस्थित अन्नपूर्ण न्यूरो अस्पताल र भारतमा पनि उपचार भएको थियो। केहि महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो। बिहिवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्याहइएका क्षेत्रीको चिकित्सकहरुले उपचारका क्रममा राती सवा ९वजेतिर मृत घोषित गरेका छन्।
नेपाल प्रेस युनियन सहकर्मी क्षेत्रीको असामयिक निधनले स्तव्ध भएको छ। सूर्य क्षेत्री बचाउ अभियानमा जुटेका सबै पत्रकार साथीहरु शुभचिन्तकहरु पनि उहाँको निधनले स्तव्ध भएका छन्। क्षेत्रीको श्रीमती र एक नावालक छोरा छन। उहाँका बा आमा स्याङजामा रहँदै आउनुभएको छ।
परिवारका सदस्यहरु काठमाडौं आइसकेपछि स्वर्गीय क्षेत्रीको शुक्रवार दाहसंस्कार गरिनेछ। नेपाल प्रेस युनियन यस शोकको घडीमा स्वर्गीय क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकसन्तप्त क्षेत्री परिवारप्रति युनियन समवेदना प्रकट गर्दछ। जय नेपाल।
 
अजय बाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ