कूटनीतिक प्रक्रिया पूरा नहुँदा रोकियो श्रीको सिंगापुर उडान
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
866
Shares
काठमाडौं । स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको चार्टर्ड जहाज मंगलबार सिंगापुर उडान भर्ने तालिका रहे पनि उडान हुन सकेन ।
श्रीको जहाज आगामी बिहीबार सिंगापुर उड्ने कम्पनीले जनाएको छ । यसअघि गत शुक्रबार उडान गर्ने योजना विफल भएको थियो । पुनः मंगलबारका लागि उडान तालिका थियो तर अन्तिम समयमा उडान रोकिएको छ ।
केही कूटनीतिक प्रक्रिया पूरा नभएकाले मंगलबार उडान हुन नसके पनि बिहीबार उडान हुने श्री एयरलाइन्सले जनाएको छ ।
निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।
श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । श्रीले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको हो ।
श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।